+
+

नयाँ वर्षमा एनसेलको नयाँ आकर्षक अफर

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २७ गते १६:२५

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले नयाँ वर्षको अवसरमा ग्राहकहरुका लागि आकर्षक न्यू इयर कम्बो अफर र रिचार्ज योजना ल्याएको छ । कम्पनीका अनुसार यो अफर २७ चैत आइतबारदेखि सञ्चालनमा आएको हो  ।

न्यू इयर कम्बो प्याक अन्तर्गत ग्राहकले ७ दिन र २८ दिन समयसीमा रहेका विभिन्न प्याकहरु प्रयोग गर्न सक्छन् । प्याक अनुसार ग्राहकले अल नेट भ्वाइस, अल टाइम डेटा, अल नेट एसएमएस र नन् स्टप अन नेट भ्वाइस सेवा जस्ता आकर्षक सेवा बण्डलिङबाट फाइदा लिन सक्ने कम्पनीको भनाइ छ । त्यस्तै रिचार्ज योजना अन्तर्गत प्रत्येक ग्राहकले ५० रुपैयाँ वा सो भन्दा बढीको हरेक रिचार्जमा बोनस स्वरुप फेसबुक, टिकटक, यूट्युब प्रयोग गर्न सोसल मिडिया प्याक प्राप्त गर्न सकिने कम्पनीले बताएको छ ।

कम्बो प्याक अन्तर्गत ७ दिनको समयसीमा रहेको प्याक ग्राहकले करसहित मात्र ९६ रुपैयाँमा सुचारु गर्न सक्छन् । यस प्याकमा बण्डल गरिएको १ जीबी अल टाइम डेटा र कुनै पनि नेटवर्कमा कल गर्न सकिन १०० मिनेट अल नेट टक टाइमबाट फाइदा लिन सक्छन् । त्यस्तै ग्राहकले १६८ रुपैयाँमा ५ जीबी अल टाइम डेटा र १०० मिनेट अल नेट टक टाइम रहेको अर्को ७ दिने प्याक मात्र १६८ रुपैयाँमा सुचारु गर्न सक्छन् ।

ग्राहकका लागि २८ दिन समयसिमा रहेको प्याक पनि रहेको छ जस अन्तर्गत ग्राहकले २९८ रुपैयाँमा २.५ जीबी डेटासँगै २५० मिनेट अल नेट टक टाइमको फाइदा लिन सक्छन् । यो प्याक सुचारु गर्न इच्छुक ग्राहकले एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स१ह्यास डायल गरी यो प्याक सुचारु गर्न सक्छन् ।

कम्बो प्याक अन्तर्गतनै विषेश प्रिपेड ग्राहकका लागि धेरै डेटा भोलुम सहित २८ दिन समय सीमा रहेको अन्य दुई प्याकहरु पनि रहेका छन् । ७९८ रूपैयाँमा एनसेलका प्रिपेड ग्राहकले हरेक दिन १ जीबी डेटा सहित नन् स्टप अन नेट कल सुविधा (५००० मिनेटको फेयर युसेज पोलिसी अन्तर्गत रहि), ५० मिनेट अफ नेट टक टाइम र १०० अल नेट एसएमएसको फाइदा लिन सक्छन् । यस्तै २८ दिने प्याकमा रहेको अर्को योजनामा ग्राहकले मात्र ९९८ रुपैयाँमा हरेक दिन २ जीबी डेटा २८ दिनसम्म, एनसेल नेटवर्क भित्र नन् स्टप कल सुविधा, १०० मिनेट अफ नेट टक टाइम र २०० वटा अल नेट एसएमएस पाउँछन् ।

यसका साथै रिचार्ज योजनामा ग्राहकले ५० रुपैयाँ वा सो भन्दा बढीको हरेक रिचार्जमा सोसल मिडिया डेटा प्याक प्राप्त गर्दछन् । ५० देखि ९९ रुपैयाँ रिचार्ज गर्ने ग्राहकले १ दिनको समय सीमा रहेको ५० एमबी सोसल प्याक प्राप्त गर्दछन् । त्यस्तैगरी १०० देखि १९९ रुपैयाँसम्मको रिचार्जमा ग्राहकले ३ दिनको समयसिमा रहेको २०० एमबी सोसल प्याक र २०० रुपैयाँ वा सो भन्दा बढीको रिचार्जमा ग्राहकले ७ दिनको समयसिमा रहेको ५०० एमबी सोसल प्याक पाउँछन् । यसरी बोनसमा पाइने सोसल प्याकको डेटा ग्राहकले फेसबुक, टिकटक र यूट्युब चलाउन प्रयोग गर्न सक्छन् ।

नयाँ वर्षको अवसरमा ल्याइएका यी नयाँ योजनाहरुले नयाँ वर्षको शुभकामना आदानप्रदान गर्न र ग्राहकहरुलाई सञ्चार सेवा सुलभ र सहज बनाउन ठूलो महत्व राख्ने विश्वास एनसेलले लिएको छ । रिचार्ज योजना १५ दिनसम्म मात्रै मान्य रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?