+
+

वैशाखमा निक्षेपको ब्याजदर नबढाउने भद्र सहमति

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २७ गते १७:३५

२७ चैत, काठमाडौं । वाणिज्य बैंकहरुले वैशाखका लागि निक्षेपमा नयाँ ब्याजदर ११.०३ प्रतिशत नै दिने भद्र सहमति गरेका छन् । बैंकर्स संघको आइतबार बसेको बैठकले चैतका लागि तोकिएको ब्याजदरलाई नै निरन्तरता दिने निर्णय गरेको हो ।

बैंकहरुले हरेक महिना निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । पछिल्लो केही महिना यता लगानी योग्य रकमको अभाव हुँदा बैंकहरुले निक्षेपको ब्याजदर लगातार बढाउँदै आएका छन् । फागुन महिनामा सहज भए वैशाखका लागि ब्याजदर घटाउने बैंकर्सहरुको भनाइ थियो ।

तर तरलता समस्या सहज नभएपछि ब्याजदर स्थिर राख्ने बैंकहरुले भद्र सहमति गरेका हुन् । यस अघि फागुनमा नै ११.०३ प्रतिशत ब्याजदर तोकिएको थियो । यसलाई चैतमा पनि बैंकहरुले निरन्तरता दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?