
२७ चैत, चितवन । नेकपा एमालेमा उपमहासचिव प्रदिप ज्ञवालीले प्रचण्डले नेतृत्व गरेको माओवादी केन्द्रको विघटन सुरु भएको बताएका छन् ।
हजारौं योद्धाको रगत र पसिनालाई प्रचण्डले सत्तामा जाने भर्याङका रुपमा प्रयोग गरेको भन्दै उनले माओवादी पार्टी सतिदेवीका अंग पतन भएको जस्तै पतन हुने दिशामा अगाडि बढेको बताए ।
भरतपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उपमहासचिव ज्ञवालीले आफूलाई कम्युनिष्ट भएको बताउने प्रचण्ड र माधव नेपालहरु कांग्रेसलाई ठूलो र बलियो पार्टी बनाउँछु भनेर हिँडेको बताए ।
‘२०१७ साल केशरजंग रायमाझीले आफैंले ल्याएका होइनन्, त्यतिबेलाको विविध कारणले राजाले कू गरे, र कम्युनिष्ट आन्दोलनको बदनाम गराउन रायमाझी लागे’ ज्ञवालीले भने, ‘अहिले प्रचण्ड र माधव नेपालहरु केशरजंग रायमाझीभन्दा अगाडि बढेर कम्युनिष्ट आन्दोलनलाई सिध्याउन र कम्युनिष्टलाई कांग्रेसको सहयोगी बनाउन लागिपरेका छन् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4