
काठमाडौं । पछिल्लो समय कलाकारहरु अभिनयसँगै वैकल्पिक पेशा व्यवसायमा पनि संलग्न छन् । कोरोना महामारीले उनीहरुलाई त्यसतर्फ लाग्न झनै बाध्य बनाएको छ ।
जसमध्ये अधिकांश कलाकार रेस्टुरेन्ट, कफी सपको व्यवसायमा सक्रिय छन् । कमाइ पनि हुने र जमघटको बहाना पनि मिल्ने भएकाले उनीहरुको आकर्षण रेस्टुरेन्ट र कफी सपतर्फ बढी केन्द्रित छ ।
अभिनेता अनमोल केसीले आफू पनि वैकल्पिक व्यवसायतर्फ अघि बढ्ने तयारीमा रहेको बताएका छन् । अनलाइनखबरसँग कुरा गर्दै उनले साइड बिजनेसको रुपमा कफी सप खोल्ने तयारीमा आफू रहेको बताए ।
‘फिल्मबाहेक म अब कफी सपतिरै व्यस्त हुने तयारीमा छु,’ आफू अभिनित फिल्म ‘ए मेरो हजुर ४’को प्रमोसनमा व्यस्त अनमोलले भने, ‘अब साइड-जबतिर पनि ध्यान दिन्छु ।’ कफी सप आफनो मनपर्ने व्यवसायकमध्ये एक भएकाले पनि आफू यसतर्फ लाग्न लागेको उनले बताए ।
अनमोल मात्र होइन, नायिकादेखि निर्माता तथा निर्देशकहरु समेत रेस्टुरेन्टदेखि कफी सप सञ्चालनमा व्यस्त देखिन्छन् । अनमोलकै छिमल कलाकारहरु समेत अहिले रेस्टुरेन्ट सञ्चालनमा व्यस्त देखिन्छन् ।
‘ए मेरो हजुर ४’ पछि अनमोल ‘हनी बनी’ लगायतका प्रोजेक्टको तयारीमा व्यस्त हुनेछन् ।
प्रतिक्रिया 4