+
+

सहबाज सरिफ बने पाकिस्तानको प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २८ गते १८:१६

२८ चैत, काठमाडौं । पाकिस्तान मुस्लिम लिग एनका अध्यक्ष सहबाज सरिफ पाकिस्तानको  २३औं प्रधानमन्त्री चयन भएका छन् ।

पाकिस्तान तहरिक ए इन्साफका अध्यक्ष इमरान खानविरुद्धको अविश्वास प्रस्ताव संसदबाट पारित भएपछि संसदले सरिफलाई नयाँ प्रधानमन्त्री चयन गरेको हो ।

सरिफलाई प्रधानमन्त्री बनाउने प्रस्तावमा संसद्का ३४२ सदस्य मध्ये १७४ सांसदले मतदान गरेका छन् ।  प्रधानमनत्रीका लागि पाकिस्तान तहरिक ए इन्साफका उपाध्यक्ष शाह महमुद कुरैसीले पनि मनोनयन दर्ता गरेका थिए । तर तहरिक ए इन्साफका सांसदले संसद नै बहिस्कार गरे ।

सहबाजले पाकिस्तान पिपुल्स पार्टी, जमैत उलेमा ए इस्लाम एफलगायतलाई समेटेर नयाँ सरकार बनाउने छन् ।

प्रधानमनत्री चयन भएका सहबाज पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफका भाइ हुन् । सहबाजले यसअघि पञ्जाव प्रान्तको मुख्यमन्त्री भएर काम गरिसकेका छन् । पाकिस्तानका व्यवसायीसमेत रहेका उनको स्टिल कम्पनी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?