+
+

१०औं पटक सगरमाथाको आरोहण गर्दै लाक्पा शेर्पा   

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २८ गते १९:०९
फाइल तस्वीर

२८ चैत, काठमाडौं । आरोही लाक्पा शेर्पाले १०औं पटक सगरमाथाको आरोहण गर्ने भएकी छन् ।
सोमबार काठमाडौंमा नेपाल पर्वतारोही संघले नेपालको झण्डा हस्तान्तरण गर्दै सगरमाथा आरोहणका लागि उनलाई बिदाई गरेको छ ।

कार्यक्रममा आरोही लाक्पाले अबको सगरमाथा आरोहणले नेपाली महिलाहरु कुनै पनि कामका लागि पछि हट्दैनन् र जुन कुनै पनि काम गर्न सक्छन् भन्ने प्रेरणा दिने बताइन् ।

१०औं पटक हिमाल आरोहण गरेपछि नेपाल र विदेशमा पनि नेपालको मानसम्मान र प्रतिष्ठा पुग्ने विश्वास उनको थियो । उनले हिमालमा रहेको फोहोरहरु कम गरी स्वच्छ हिमाल बनाउने काममा आरोहीहरुले पनि भूमिका खेल्न आवश्यक रहेको बताइन् ।

आरोही लाक्पाले आफू अबको सगरमाथा आरोहण कीर्तिमानी आरोही एडमन हिलारीको झैँ गर्न चाहेको बताइन् । १५ जना अमेरिकी आरोहीसहित ३९ जनाको टोली लिएर गाइडको भूमिकामा लाक्पा सगरमाथा जान लागेकी हुन् ।

संखुवासभाको मकालुकी लाक्पाले पहिलो पटक सगरमाथाको सफल आरोहण सन् २००० मा गरेकी थिइन् । त्यसपछि क्रमशः सन् २००१, २००३, २००४, २००५, २००७, २०१६,२०१७ र २०१८ मा उनले सगरमाथाको सफल आरोहण गरेकी थिइन् । उनले अहिलेसम्म दक्षिण र उत्तर दिशाबाट सगरमाथाको आरोहण गरेकी थिइन् ।

लाक्पाले अहिलेसम्म १ पटक नेपालतर्फको बाटोबाट र ८ पटक चीनतर्फबाट सगरमाथाको आरोहण गरेकी थिइन् । १०औं पटक सगरमाथा आरोहणका लागि लाक्पा आउँदो अप्रिल १५ मा सगरमाथाको आधारशिविरतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?