
२८ चैत,बुटवल । नेकपा एमालेको पालिका स्तरीय बैठकले अर्घाखाँचीका ६ पालिकामध्ये तीन पालिकामा उम्मेदवारको नाम सिफारिस गरेको छ ।
सोमबार बसेको पालिकास्तरीय बैठकले भूमिकास्थान नगरपालिकाको प्रमुखमा रेशम थापा, उपप्रमुख बसन्ता पौडेललाई उम्मेदवार बनाउने सिफारिस गरेको एमाले अर्घाखाँची अध्यक्ष पिताम्बर भुसालले बताए ।
थापा २०७४ सालको निर्वाचनमा माओवादीबाट प्रमुखमा विजयी भएका थापा केही साताअघि मात्रै एमाले प्रवेश गरेका हुन् ।
यस्तै शितगंगा नगरपालिकाको प्रमुखमा वसन्त श्रेष्ठ र उपप्रमुखमा गीता भाट क्षेत्रीलाई सिफारिस गरिएको एमालेले जनाएको छ ।
त्यस्तै पाणिनी गाउँपालिकाको अध्यक्षका लागि एमालेले टेकराज न्यौपानेको नाम सिफारिस गरेको एमाले पाणिनीका अध्यक्ष कमल घिमिरेले बताए । उपाध्यक्षको नाम भने सिफारिस गर्न बाँकी छ ।
यस्तै सन्धिखर्क नगरपालिका, छत्रदेव गाउँपालिका र मालारानी गाउँपालिकामा केही दिनमै उम्मेदवारको नाम चाँडै सिफारिस गर्ने एमाले अर्घाखाँचीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4