+
+

डोटीमा सर्वसम्मत चयन भएका उम्मेदवारहरू

रामहरि ओझा रामहरि ओझा
२०७८ चैत २९ गते ८:२५

२९ चैत्र, डोटी । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि उम्मेदवार बन्न दलहरुभित्र रस्साकस्सी चलिरहेका बेला डोटीमा भने केही पालिकामा दलहरूले सर्वसम्मतरुपमा उम्मेदवार छानेका छन् ।

नेपाली कांग्रेसको तर्फबाट सायल गाउँपालिकाको अध्यक्षमा सर्वसम्मत उम्मेदवार चयन भएका छन् । एमालेका तर्फबाट सायल गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष र जोरायल गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष सर्वसम्मत चयन भएका छन् ।

नेपाली कांग्रेसका तर्फबाट सायल गाउँपालिकाको अध्यक्षका लागि धर्मराज जोशी सर्वसम्मत उम्मेदवार भएका छन् । कांग्रेस डोटी सभापति गणेश खड्काका अनुसार पार्टीको सायल गाउँ इकाई समितिको बैठकले जोशीको नाम सर्वसम्मत सिफारिस गरेको हो ।

जोशी २०७४ सालको निर्वाचनमा समेत सोही पदका उम्मेदवार थिए । सो निर्वाचनमा उनी नेकपा एमालेका उम्मेदवार तेजबहादुर डुम्रेलसँग ३१९ मतले पछि परेका थिए ।

उपाध्यक्षको उम्मेदवारको भने टुङ्गो लागि नसकेको सचिव खड्काले जानकारी दिए । खड्काका अनुसार विभिन्न स्थानीय तहका केही वडाहरूमा पनि सर्वसम्मत उम्मेदवार चयन भएका छन् ।

सायल गाउँपालिकामै एमालेले अध्यक्ष पदमा तेजबहादुर डुम्रेल र उपाध्यक्ष पदमा बिष्नादेवी सिंहलाई सर्वसम्मत उम्मेदवार छानेको छ ।

एमाले डोटीका सचिव शेरबहादुर मल्लका अनुसार पार्टी गाउँ कमिटीले अध्यक्ष र उपाध्यक्षमा सर्वसम्मत उम्मेदवार छानेको हो । डुम्रेल र सिंह ०७४ को निर्वाचनबाट निर्वाचित अध्यक्ष र उपाध्यक्ष हुन् । डुम्रेलले प्रतिस्पर्धीलाई ३१९ र सिंहले ४६६ मतले पछि पारेका थिए ।

यस्तै, एमालेले जोरायल गाउँपालिकाको अध्यक्ष पदका लागि दुर्गादत्त ओझा र उपाध्यक्ष पदका लागि जमुना बोहरालाई फेरि अघि सारेको छ । ओझा र बोहरा दुवै गत निर्वाचनमा सोही पदमा निर्वाचित भएका थिए । ओझाले आफ्ना प्रतिस्पर्धीलाई ६३६ र बोहराले नौ सय १३ मतले पछि पारेका थिए ।

धेरै जसो वडाहरूमा समेत सर्वसम्मत उम्मेदवार चयन भएका एमालेले जनाएको छ । अन्य स्थानीय तहहरूमा समेत सर्वसम्मत उम्मेदवार चयनको प्रयास भइरेको सचिव मल्लले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?