+
+

बलेफी हाइड्रोपावरको आईपीओ बाँडफाँट, कतिले पाए ?

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २९ गते १३:३२

२९ चैत, काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट टुंग्गाएको छ । झन्डै १५ गुणा बढीको आवेदन परेकामा १ लाख ६६ हजार ३ सय ४२ जनाले १० कित्ताको दरले सेयर पाएका छन् भने ३ जनाले ११ कित्ता सेयर पाएका छन् ।

२१ लाख ७१ हजार ७ सय ४० जनाले २ करोड ४४ लाख ७ सय १० कित्ताको लागि आवेदन दिएकोमा ३ हजार ६ सय ४० जनाको आवेदन रद्द भएको थियो ।

कम्पनीले हाल सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको बलेफी खोलामा ३६ मेगावाट क्षमताको बलेफी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । आयोजनाको कुल अनुमानित लागत ७ अर्ब ६५ करोड रुपैयाँ हुने कम्पनीले जनाएको छ ।

आईपीओको सीडीएससीको रिजल्ट हेर्ने वेबसाइट, बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको वेबसाइट र बलेफी हाइड्रोपावर लिमिटेड कम्पनी लिमिटेडको वेबसाइटबाट हेर्न सकिने छ । मेरोशेयरको एप्लिकेसन रिपोर्टमा पनि नतिजा हेर्न पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?