+
+

बसाइँसराइ र शहरीकरण डरलाग्दो रुपमा बढीरहेको छ : मन्त्री झाँक्री

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २९ गते १५:४५
रामकुमारी झाँक्री/फाइल तस्वीर

२९ चैत, काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बसाइँसराइ र शहरीकरण डरलाग्दो रुपमा बढीरहेको बताएकी छन् ।

मंगलबार शहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीमा बोल्दै मन्त्री झाँक्रीले यस्तो बताएकी हुन् । बसाइँसराइ एक किसिमले अवसर भए पनि त्यसलाई सदुपयोग गर्न नसकेको उनको भनाइ थियो ।

मन्त्री झाँक्रीले काठमाडौंमा सार्वजनिक ठाउँहरु अतिक्रमण र दोहन भइरहेको भन्दै त्यसलाई रोक्ने बारेमा गहन छलफल हुन आवश्यक रहेको बताइन् । २०७८ को तथ्यांक हेर्दा पहाडबाट बसाइँसराइ हुने र तराईबाट पनि काठमाडौं लगायतका शहरमा बसाइँसराइ गर्ने सम्भावना बढीरहेको उनले बताइन् ।

बसाइँसराइलाई कसरी सदुपयोग गर्ने भन्ने कुराको अध्ययन गरी यसलाई अवसरको रुपमा प्रयोग गर्न तयार हुनुपर्ने उनले बताइन् । सार्वजनिक क्षेत्रको अतिक्रमणलाई कसरी रोक्ने भन्ने कुरा असाध्यै चुनौतीपूर्ण रहेको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?