+
+

ऊर्जामन्त्री भुसाल र क्यानाडाका राजदूत डिन म्याकेबीच भेटवार्ता

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र नेपालका लागि क्यानाडाका नवनियुक्त राजदूत क्यामरुन डिन म्याकेबीच भेटवार्ता भएको छ ।

रासस रासस
२०७८ चैत २९ गते १६:२०

२९ चैत, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र नेपालका लागि क्यानाडाका नवनियुक्त राजदूत क्यामरुन डिन म्याकेबीच भेटवार्ता भएको छ ।

सिंहदरवारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मंगलबार मन्त्री भुसाल र राजदूत डिन म्याकेबीच भेटवार्ता भएको हो ।

भेटमा उनीहरूबीच दुई देशबीच रहिआएको आपसी सम्बन्ध र सहयोगका विविधि विषयमा छलफल भएको छ ।

ऊर्जामन्त्री भुसालले विगतमा क्यानडाले नागरिक उड्डयन, ग्रामीण तथा पर्वतीय विकास, नवीकरणीय ऊर्जा एवं खाद्य सुरक्षाजस्ता क्षेत्रमा पुर्‍याएको सहयोगप्रति धन्यवाद व्यक्त गरिन् ।

उनले क्यानडामा ठूलो सङ्ख्यामा नेपालीको बसोबास रहेको उल्लेख गर्दै जनस्तरीय एवं सांस्कृतिक सम्बन्ध दुई देशबीचको महत्वपूर्ण पाटो भएको स्मरण गरिन् ।

नेपालले स्वच्छ ऊर्जाको विकास र व्यापारलाई प्रवद्र्धन गरिरहेको अवस्थामा क्यानडाले आर्थिक एवं प्राविधिक सहयोग गर्न सक्ने उल्लेख गर्दै मन्त्री भुसालले भनिन्, ‘विद्युत् खपतका लागि हाल प्रयोग हुँदै आएको पेट्रोलियम सार्वजनिक सवारी साधनलाई विद्युतीय साधनमा रुपान्तरण गर्दैछौँ । विद्युतीय ऊर्जा प्रयोग गरेर रासायनिक मल उत्पादन कम्पनी स्थापना गर्न चाहन्छौँ । यी क्षेत्रमा क्यानडाले आर्थिक तथा प्राविधिक सहयोग गर्न सक्छ ।’

मन्त्री भुसालले नेपालको विकासमा क्यानडाले गर्दै आएको सहयोग निरन्तर रहने विश्वाससमेत व्यक्त गरिन् । उनले आपसी हितका विषयमा द्विपक्षीय र बहुपक्षीय मञ्चहरूमा नेपाल–क्यानडाको सहकार्य निरन्तर रहनेमा पनि विश्वास व्यक्त गरिन् ।

भेटमा राजदूत म्याकेले स्वच्छ ऊर्जाको विकासमा नेपालले प्रशंसनीय काम गरिरहेको उल्लेख गर्दै आफ्नो देशको सरकारी एवं निजी क्षेत्रले सहकार्य गरेर नेपालमा आवश्यक पर्ने प्राविधिक सहकार्य गर्ने बताए ए । क्यानडाका निजी क्षेत्रले नेपालका निजी क्षेत्रसँग सहकार्य गर्ने उचित वातावरण सिर्जना गर्न आफूले पहल गर्ने उनले विश्वास दिलाए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?