
२९ चैत, काठमाडौं । नेकपा एमालेकी प्रतिनिधिसभा सदस्य सरिता गिरी यादवले मेयरको टिकटमा दाबी गरेकी छन् ।
सप्तरीकी २०७४ को स्थानीय चुनावकै बेलामा गृह क्षेत्र कञ्चनरुप नगरपालिकाको मयेरको दावेदार थिइन् । पार्टीले टिकट दिएन, एमालेबाटै बसन्त कुमार निर्वाचित भए । मेयरको टिकट नपाएकी यादवलाई संघीय सांसद बनायो ।
तर उनले फेरि मेयरको टिकट दाबी गरेकी छन् । एमालेकी केन्द्रीय सदस्य र सप्तरी जिल्ला सह इन्चार्जसमेत उनले भनिन्, सबारेमा मैले दुई वर्ष अगाडिदेखि नै ठाउँ ठाउँमा कुरा गर्दै आएकी छु । केन्द्रीय नेताहरुलाई पनि मैले आफ्नो विचार राखेकी छु ।’
संघीय सांसद त्यागेर मेयर किन भन्ने प्रश्नमा उनले भनिन्, ‘आफ्नो ठाउँ बनाउन, आफ्नो ठाउँ राम्रो बनाउन ।’ संघीय सांसदका रुपमा काम गरेर धेरै कुरा सिकेको भन्दै उनले आफ्नो ठाउँ बलियो बनाउन मेयर बन्न चाहेको बताइन् ।
‘सप्तरीको सौराहा’ बनाउने सपना
पार्टीले नगर प्रमुखको टिकट दिएको र आफूले जितेको खण्डमा आफ्नो ठाउँलाई ‘सप्तहरीको सौरहा’ बनाउने योजना सांसद गिरीको छ । ‘महाधिवेशनमा सौराहा जाँदा सुन्दर देखेँ,’ गिरी भन्छिन्, ‘मैले त्यो ठाउँलाई सप्तहरीको सौराहा बनाउने सोचेको छु ।’
सप्तरी कोशीटप्पु वन्यजन्तु आरक्षले छोएको जिल्ला पनि हो । त्यहाँ वन्यजन्तु र मानवबीचको द्वन्द्व भएकाले अहिले त्रास भए पनि आफूले त्यसलाई बरदान सरह बनाउने उनको दाबी छ । ‘अहिले वन्यजन्तुका कारण त्रासका रुपमा देखिन्छ तर पछि त्यसलाई बरदानका रुपमा परिवर्तन गर्ने मेरो सोच छ,’ सांसद गिरीले सुनाइन् ।
प्रतिक्रिया 4