
२९ चैत, बुटवल । नेकपा एमालेले रूपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुख पदको लागि चार जनाको नाम सिफारिस भएको छ ।
एमाले तिलोत्तमा नगर कमिटीको बैठकले मेयरमा बहालवाला मेयर बासुदेव घिमिरे, निवर्तमान नगर अध्यक्ष मोहन चापागाई, क्षेत्र नंं १ इन्चार्ज यज्ञ गैरे र मजदुर नेता दिनेश फुल्लेलको नाम सिफारिस भएको छ ।
एमाले तिलोत्तमा नगर कमिटीका अध्यक्ष तामनाथ पाण्डेका अनुसार उपप्रमुख बहालवाला उपमेयर जागेश्वरदेवी चौधरी, देवी वाग्ले, रेनुका खरेल, जमुना लम्साल र संगिता गुरूङको नाम सिफारिस भएको छ ।
यस्तै सिद्धार्थनगर नगरपालिकामा एमालेबाट मेयरमा आठ जना सिफारिस भएका छन् । जसमा भरत पोखरेल, नारायणप्रसाद भण्डारी, हितराज पन्थी, डा. रामप्रसाद बस्याल, राजेन्द्र पन्थी, जीवलाल अर्याल, अर्जुन गिरी र हरिप्रसाद अधिकारीको नाम सिफारिस गरिएको नगर सचिव नारायणप्रसाद भण्डारीले बताए । अधिकारी हालका मेयर हुन् । उनी विगतमा माधव नेपाल पक्षमा खुलेका थिए ।
उपमेयरमा भने तीन जनाको नाम सिफारिस गरिएको छ । जसअनुसार उमा अधिकारी, सीता काफ्ले र पम्फावती खनालको नाम सिफारिस गरिएको छ ।
प्रतिक्रिया 4