+
+

सुदूरपश्चिमका सबै स्थानीय तहमा तालमेल गर्ने सत्ता गठबन्धनको निर्णय

जनक विष्ट जनक विष्ट
२०७८ चैत २९ गते २०:१८

२९ चैत, धनगढी । सत्तारुढ पाँच दलीय गठबन्धनले सुदूरपश्चिमका सबै स्थानीय तहमा तालमेल गरेर जाने निर्णय गरेको छ । मंगलबार धनगढीमा बसेको सत्तारुढ गठबन्धनको प्रदेश स्तरीय बैठकले तालमेलबारे निर्णय गरेको नेकपा (एकीकृत समाजवादी)का सुदूरपश्चिम प्रदेश कमिटि सचिव दिनेशचन्द्र सुवेदीले अनलाइनखबरलाई जानकारी दिए ।

‘सत्तारुढ गठबन्धनमा आबद्ध पाँचै दलको सुदूरपश्चिम प्रदेशस्तरीय बैठक आज धनगढीमा सम्पन्न भएको छ,’ सुवेदीले अनलाइनखबरसँग भने, ‘बैठकले सबै स्थानीय तहमा तालमेल गरेर जाने निर्णय गरेको छ । भोलि पुुनः बस्ने बैठकमा सबै दलले आ–आफ्नो पार्टीको अवस्थाबारे तथ्यांक प्रस्तुुत गर्ने र सोहीअनुसार भागबण्डा टुङ्ग्याउने कुरा भएको छ ।’

सुवेदीकाअनुसार बैठकमा सबै दलहरुले कुन स्थानीय तहमा पार्टीको अवस्था कस्तो छ ? भनेर विवरण प्रस्तुुत गर्नेछन् । त्यो विवरणमाथिको छलफलका आधारमा कुुन स्थानीय तहमा कुन पार्टीलाई दिने भन्ने निर्णय लिइनेछ । सोही सिफारिस केन्द्रीय कमिटिले अनुुमोदन गर्ने बताउँदै सुवेदीले सम्बन्धीत पार्टीले उम्मेदवारको टुङ्गो लगाउने जनाए ।

मंगलबार बसेको गठबन्धनको बैठकमा नेपाली कांग्रेसका प्रदेश सभापति वीरबहादुर बलायर, एकीकृत समाजवादीका प्रदेश सचिव दिनेशचन्द्र सुवेदी र प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, माओवादी केन्द्रका प्रदेश उपाध्यक्ष मानसिंह माल, राष्ट्रिय जनमोर्चाका नेता नन्दलाल भट्ट र हरीकृष्ण पाण्डे तथा जनता समाजवादीका आरसी यादवको सहभागीता थियो ।

बैठकमा जसपाले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नगरानुको कारण मागेको थियो । उसले आफ्नो पार्टीलाई गठबन्धनमा उचित स्थान नदिएमा बाहिरिने चेतावनीसमेत दिएको स्रोतले जनाएको छ ।

सुदूरपश्चिमका स्थानीय तह, जिल्ला तह र प्रदेश स्तरमा अनौपचारिक छलफलमा रहेको सत्तारुढ गठबन्धनले पहिलो पटक चुनावी तालमेल गर्ने औपचारिक निर्णय गरेको हो ।

८८ वटा स्थानीय तह रहेको सुदूरपश्चिम प्रमुख तीन दल नेपाली कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रबीच भागबण्डा मिल्न सकिरहेको छैन ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?