+
+

माओवादीको चुनावी पोस्टरमा कुलमानको तस्वीर

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ३० गते १०:३२

३० चैत, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले चुनावी चुनावी प्रचार सामग्रीमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो दुरुपयोग गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेसबुकमा राखेको चुनावी पोस्टरमा घिसिङको पनि फोटो राखिएको छ ।

प्रचण्डसहित माओवादी नेता जनार्दन शर्मा र कुलमान घिसिङको तस्वीर राखेर ‘अँध्यारोबाट उज्यालोको यात्रा’ लेखिएको छ । ‘लोडसेडिङ अन्त्य एउटा फड्को अब पालो नि:शुल्क बिजुलीको’ शीर्षक दिएर राखिएको तस्वीरमा घिसिङको फोटो प्रयोग गरिएको हो ।

घिसिङको फोटोसहतिको तस्वीर माओवादीका नेता कार्यकर्ताले समाजिक सञ्जालमा सेयरसमेत गरिरहेका छन् ।

२०७३ मा प्रचण्डको सरकारको पालामा शर्मा ऊर्जामन्त्री भएका बेला घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाइएको थियो । घिसिङकै कार्यकालमा लोडसेडिङ अन्त्य भएको थियो ।

प्राधिरकणबाट बिदा भइसकेका घिसिङलाई गत साउनमा सरकारले पुनः कार्यकारी निर्देशक निर्देशकमा नियुक्त गरेको थियो ।

घिसिङको तस्वीर दुरूपयोग गर्नु पोस्टर माओवादीले चुनावी प्रचारका लागि प्रयोग गरेकोमा सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।

घिसिङ सार्वजनिक सेवा प्रवाह गर्ने निकायको कार्यकारी पदधारण गरेका व्यक्ति हुन् । यस्ता व्यक्तिले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रचार प्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने निर्वाचन आचारसिंहता २०७८मा उल्लेख छ । घिसिङ आफैं यसमा संलग्न नभए पनि उनको लोकप्रियता यताको जस लिने गरी उनको तस्वीर राखेर चुनावी प्रचार समग्री तयार भएको छ ।

यसमा घिसिङको सहमति वा असहमति के छ भन्ने खुलेको छैन ।

निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले आफ्नो स्वीकृति बेगर त्यस्तो गरिएको भए घिसिङले उजुरबाजुर गर्नसक्ने बताए । ‘उहाँले सहमति दिनु भएको भए त्यो आचासिंहता विपरीत हुन्छ,’ उनले भने,’असहमति छ भने उहाँले त्यसविरूद्ध उजुरी दिनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?