काठमाडौं । अभिनेता सलोन बस्नेत अभिनयमा मात्र सीमित रहेनन् । उनले वैकल्पिक व्यवसाय पनि थालेका छन् । नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबारदेखि सलोनले रेस्टुरेन्ट पनि सञ्चालनमा ल्याएका छन् ।
सलोनले ललितपुरको झम्सिखेलमा आसन लाउन्ज एण्ड बार सञ्चालनमा ल्याएका हुन् । साथीहरुसँग मिलेर खोलेको सलोनको यो रेस्टुरेन्टमा भारतीय, चिनियाँ परिकारसहित लाइभ म्युजिकको आनन्द लिन पाइनेछ ।
‘पहिलेदेखि नै रेस्टुरेन्ट सञ्चालनमा ल्याउने तयारीमा थियौं, तर भनेजस्तो ठाउँ पाएका थिएनौं,’ अनलाइनखबरसँग सलोनले भने, ‘सबै चीज जुरेपछि चलाएका हौं ।’
सलोन अभिनित फिल्म ‘ए मेरो हजुर ४’ वैशाख १ गतेबाट प्रदर्शनमा आउँदैछ । वैशाख २३ गते उनी अभिनित ‘लक्का जवान’ प्रदर्शनको तयारीमा छ । वैशाखबाट छायांकन सुरु हुन लागेको ‘हनी बनी’मा पनि सलोनको मुख्य भूमिका हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4