+
+

मेकअप आर्टिस्टको सुझाव : ब्राइडल मेकअपका लागि सजिलो ९ तरिका

सम्झना विक सम्झना विक
२०७८ चैत ३० गते १६:२७

काठमाडौं । विवाहको तयारी गरिरहनुभएको छ भने तपाईंले मेकअपको लागि प्रवन्ध पनि गर्नैपर्‍यो । अनुकूल हुँदा त पार्लर वा व्यावसायिक मेकअप आर्टिस्टबाट मेकअप गराउन सकिन्छ । यद्यपि सबैतिर यस्तो अनुकूलता नहुन सक्छ ।

अर्को महत्वपूर्ण कुरा विवाहको लागि गरिने मेकअप विशेष हुन्छ, खासगरी दुलहीका लागि । वैवाहिक समारोहको बेला लामो समयसम्म एउटै मेकअपमा रहनुपर्ने हुन्छ । त्यसमाथि अनेक दौडधूप । पसिनाले मेकअप बिग्रने डर हुन्छ । यस्तो अवस्थामा मेकअप कसरी लामो समयसम्म टिकाउने ?

यहाँ हेयर एण्ड शान्ति जावलाखेलकी मेकअप आर्टिस्ट मोनिका श्रेष्ठले ‘ब्राइडल मेकअप’को विधि सुझाएकी छन् ।

चरण-१

मेकअप गर्नुपूर्व क्लिनजिङ गर्नुपर्छ । क्लिनजिङपछि थ्रेडिङ गर्नुपर्छ ।

चरण-२

यसपछि आँखीभौं मिलाउनुपर्छ । आँखीभौं राम्रोसँग मिलाउन प्रोमेड जेलले सेट गरेर उपयुक्त आकार दिन सकिन्छ ।

चरण-३

अब आँखाको मेकअप गर्नुपर्छ । आँखामा पहिले कन्सिलर लगाउनुपर्छ । कन्सिलर लगाउँदा आइस्याडो बाहिर फैलिन पाउँदैन । आँखामा गाजल लगाएपछि परेला मिलाउन सकिन्छ । बाग्लो र लामो परेलाले आँखाको सौन्दर्य बढाउँछ । यदि परेला पातलो छ भने कृत्रिम परेला लगाउन सकिन्छ । अन्त्यमा मस्कारा लगाउनुपर्छ ।

मेकअप आर्टिस्ट मोनिका श्रेष्ठ

चरण-४

अब अनुहारमा मोइस्चराइजर लगाउनुपर्छ । चिल्लो छाला छ भने हल्का मोइस्चराइजर लगाउनुपर्छ । यदि सुख्खा छाला छ भने हेभी मोइस्चराइजर लगाउनुपर्छ ।

चरण-५

यसपछि प्राइमर लगाउनुपर्छ । यसले अनुहारको डण्डीफोरको दाग, धब्बा, काटेको दाग मेटाइदिन्छ । यसलाई अनुहारमा लगाउँदा फाउन्डेसन लामो समयसम्म टिकिरहन्छ । प्राइमर लगाउन पहिला अनुहारलाई सफा पानीले धुनु पर्दछ । धोइसकेपछि हलुकासँग मोइस्चराइजर लगाइसकेपछि औंलाले नाक-मुख सबैभागमा  प्राइमर लगाउनुपर्छ । यसलाई राम्रोसँग ब्लेंड हुन दिनुपर्छ ।

प्राइमर लगाएपछि फाउन्डेसन लगाउनुपर्छ । बजारमा चलेको फाउण्डेसन स्टुडियो, मेबलिन, नेकेड लगायतका ब्राण्ड पाइन्छ । फाउण्डेसन लगाउँदा छालाको रंगअनुसार छान्नुपर्छ ।  यसको रंग छनोट गर्दा छालामा लगाउँदा कस्तो देखिन्छ । लगाउँदा कस्तो देखिन्छ त्यही अनुसार छनोट गर्नुपर्छ ।

चरण-६

घाँटी, निधार, गाला र नाकलाई सुहाउँदिलो आकारमा ढाल्नका लागि कन्ट्रोलिङ गर्नुपर्छ । जसले नाक, मुख, गाला मज्जाले छुट्टिन्छ ।

चरण-७

अब ओठको मेकअप गर्न सकिन्छ । ओठ ठूलो वा सानो देखाउने भन्ने कुरा यसमा भर पर्छ । लिपलाइनरले यसको सेप निकाल्न सकिन्छ । त्यसपछि लिपिस्टिक लगाउनुपर्छ । रातो वा मरुन रंगको लिपिस्टक प्रयोग गर्न सकिन्छ । तपाईंको ओठ पातलो छ भने पिची पिंक वा लाइट पिंक रंंगको पनि लगाउन सक्नुहुन्छ । लिपिस्टकमाथि लिपग्लस पनि लगाउन सक्नुहुन्छ । लिपिस्टक प्रयोग गर्दा लगाउने कपडाको आधारमा पनि लगाउन सकिन्छ ।

चरण-८

कन्ट्रोलिङ गरेसँगै पाउडर लगाउनुपर्छ । पाउडरमा कमप्याक्टसँगै लुज पाउडर मिसाएर लगाउनुपर्छ ।

चरण-९

पाउड लगाएपछि हाइलाइटर गरेर मेकअप फिक्सर लगाउन सकिन्छ । जसले गर्दा मेकअप लामो समयसम्म टिकाउ हुन्छ । मेकअप कसरी गर्ने भन्ने कुरा दुलहीको अनुहार, वर्ण आदिमा पनि निर्भर रहन्छ । दुलही मेकअप र पार्टी मेकअपभन्दा भिन्न मेकअप हो । यो मेकअपमा अनुहारलाई धेरै नै हाइलाइट गर्नुपर्छ । धेरै ग्लोइिङ हुने भएकाले यो मेकअपमा आँखा, ओठ, गाला, कपालको स्टाइलदेखि शिरबन्दीसम्ममा ध्यान दिनुपर्दछ ।

दुलही मेकअपका लागि आवश्यक सामग्री

मेकअप गर्नका लागि मेकअप किटमा प्राइमर, सेटिङ पाउडर, फाउण्डेसन, कन्सीलर किट, कालो मस्कारा, हाइलाइटर, ब्रस, वाटरप्रुफ जेललाइनर, सेटिङ स्प्रेको आवश्यकता पर्दछ ।

दुलही मेकअप गर्ने तरिका

प्राइमर लगाउने

मेकअप गर्दा सर्वप्रथम प्राइमर लगाउनु पर्दछ ।

फाउण्डेसन लगाउने

दुलही मेकअपको लागि फाउण्डेसन धेरै महत्वपूर्ण हुने गर्दछ । छालाको रंगअनुुसार फाउन्डेसन छान्नुपर्छ । आफ्नो छालाको रंगमा सुहाउने खालको फाउण्डेसन प्रयोग नगरेमा अनुहार कालो देखिने सम्भावना हुन्छ । अनुहारमा लगाउँदा ब्रस वा स्पन्ज यो नभए आफ्नो औंलाले पनि लगाउन सकिन्छ ।

लुज पाउडर लगाउने

फाउन्डेनि लगाइसकेपछि लुज पाउडर लगाउनुपर्छ । लुज पाउडरलाई अनुहार, गर्दनको सबै भागमा लगाउन सकिन्छ ।

गालाको हड्डीमा हाइलाइट गर्ने

लुज पाउडर लगाएसँगै  गालामा हाइलाइट गर्नुपर्दछ । मुखको कुनादेखि कानको माथिसम्म यसलाई लगाउनुपर्छ । परफेक्ट हाइलाइटको लागि ब्रसको सहायतामा मुुखको छेउमा हल्का र कान नजिक गाढा गर्नुपर्छ ।

ब्रान्जरको प्रयोग

ब्रान्जरले मेकअपलाई शानदार बनाउँछ । गालाको हड्डीको साथ ब्रान्जर नाकको दुईतर्फ, निधार, च्यापु हुँदै गर्दनसम्म लगाउन सकिन्छ । म्याट ब्रान्जरलाई ओठ र कानसम्म स्वीप गर्दै तलदेखि माथिसम्म गर्नुपर्दछ ।

लिपिस्टक लगाउने तरिका

दुलहीलाई सुन्दर देखाउन लिपिस्टक प्रयोग ज्यादै महत्व राख्दछ । आँखाको मेकअप गर्दा सर्वप्रथम आँखाको तल डार्कसर्कल्स र डार्कस्पट्सलाई हटाउनुपर्छ । यसका लागि कन्सीलरको प्रयोग गर्न सकिन्छ । कन्सीलर लगाएपछि आफ्नो कपडासँग म्याच गरेर आँखाको मेकअप गर्न सकिन्छ । आइस्याडो लगाइसकेपछि गाजल लगाउनुपर्छ । गाजल मोटो लगायो भने मुख ठूलो देखिन्छ त्यसैले पातलो लगाउनुपर्छ । त्यसपछि परेलामा मस्कारा लगाउनुपर्छ । सबैभन्दा मुख्य कुरा मेकअप दुलहीको कपडासँग मिल्ने खालको हुनुपर्छ ।

शिरबन्दीको छनोट

आजकाल दुलहीले लगाउने शिरबन्दी धेरै प्रकारका हुन्छन् । अनुहार सानो छ भने ठूलो शिरबन्दी लगाउनु हुँदैन भने ठूलो अनुहारका लागि ठूलो शिरबन्दी लगाउन सकिन्छ । मेकअप सकिएपछि मात्र शिरबन्दी लगाउन सकिन्छ ।

हेयर स्टाइल

दुलहीलाई बीचमा सिउँदो निकालेर कपालको डिजाइन निकाल्न सकिन्छ । अगाडिको  कपाल मिलाएर पछि पछाडिको कपालको डिजाइन गर्न सकिन्छ । कपाल डिजाइन गरेसँगै स्प्रे छर्किनुपर्छ ।

तस्वीर सौजन्य : विक्रम न्यौपाने/वेडिङ काठमाण्डु

लेखकको बारेमा
सम्झना विक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?