+
+

‘केजीएफ-२’का लागि एफक्युब सिनेमाजमा बिहान ४ बजेको शो

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ३० गते १८:२३

काठमाडौं । बिहीबारदेखि विश्वव्यापी रुपमा दक्षिण भारतीय फिल्म ‘केजीएफ च्याप्टर २’ रिलिज हुँदैछ । यो फिल्मलाई लिएर दर्शकहरुको व्यग्र प्रतीक्षा छ ।

‘केजीएफ-२’को क्रेज यतिसम्म छ कि भारतमा मात्रै नभएर नेपालमा पनि आइतबारसम्मका लागि अधिकांश मल्टिप्लेक्समा अग्रिम टिकट बिक्री भइसकेको छ ।

यो फिल्मका लागि नेपालका सिनेमा हलहरुले बिहान ६ बजेदेखि राति साढे १० सम्मको शो छुट्याएका छन् । ती सबै शो हाउसफुल छन् ।

यसैबीच, काठमाडौंको चावहिलस्थित एफक्युब सिनेमाजले ‘केजीएफ-२’को टिकट नपाएका दर्शकहरुका लागि भन्दै नयाँ वर्षका दिन बिहान ४ बजेको शो उपलब्ध गराएको छ । यति सबेरै फिल्मको शो भएको यो विश्वमै विरलै घटना भएको हल सञ्चालकहरु बताउँछन् । यो शोका पनि अधिकांश टिकट बिक्री भइसकेको एफक्युबका एक कर्मचारीले जानकारी दिए ।

काठमाडौंका क्यूएफएक्स, बिग मुभिज, वान सिनेमाजले पनि बिहान ६ बजेदेखि नै शो दिएका छन् । राति साढे १० बजेको सबै शो हाउसफुल छन् ।

झण्डै तीन घण्टाको कन्नड फिल्म ‘केजीएफ च्याप्टर २’ले क्यूएफएक्समा मात्रै बिहीबार ७५ शो पाएको छ । कुनै फिल्मले नेपाली हलमा पाएको यो अहिलेसम्मकै उच्च शो हो । वैशाख १ गते रिलिज हुने यो फिल्मसँगै नेपालको‘ ए मेरो हजुर ४’ पनि रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?