+
+

बारामा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, १३ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १ गते १२:१५

१ वैशाख, वीरगञ्ज । बारामा आज बिहान स्कार्पियो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत जीतपुरसमिरा उपमहानगरपालिका-२१ आधारभार जंगलमा बा१९च ४३७७ नम्बरको जीप दुर्घटना हुँदा सोही उपमहानगरपालिका-११ का २५ वर्षीय लोकनाथ सेढाइको मृत्यु भएको हो । सेढाइ जीपका चालक हुन् ।

दुर्घटनामा जीपमा सवार १३ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

सिमराको अल्पाइन अस्पतालमा सामान्य उपचारपछि घाइतेहरू सबैजनालाई वीरगञ्जस्थित बयोधा अस्पतालमा थप उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

जीतपुरसिमरा-११ मै बस्ने २२ वर्षीया उषा सेढाइ, २ वर्षीय अभय सेढाइ, ४ वर्षीया अंशु सेढाइ, ४० वर्षीया इच्छादेवी मिजार, ४८ वर्षीय जोगी मिजार, वीरगञ्ज-३२ बस्ने ५३ वर्षीया लालमुनिदेवी, १४ वर्षीया आशा साह, पर्साको बिन्दवासिनी-२ बस्ने २२ वर्षीय प्रेम साह (गम्भीर), १२ वर्षीय राजु गुप्ता (गम्भीर), जीतपुरसिमरा-७ बस्ने २५ वर्षीया निर्मला देवी साह (गम्भीर), ९ वर्षीय निखिल कुमार साह, ७ वर्षीय निवेश कुमार साह र एक जना पहिचान नखुलेको व्यक्ति घाइते भएका हुन् ।

पूर्व-पश्चिम राजमार्ग अन्र्तगत जीतपुरसिमरा उपमहानगरपालिका-२१ आधारभार जंगलमा सवारी दुर्घटना भएको थियो । सिमराबाट हेटौंडा जाँदै गरेको स्कार्पियो आफैं अनियन्त्रित भइ सडकको बायाँतर्फ पल्टिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?