+
+

डोल्पामा सत्ता गठबन्धनबीच सहमति जुटेन

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३ गते ९:१९

३ वैशाख, सुर्खेत । हिमाली जिल्ला डोल्पामा सत्ता गठबन्धनबीच भागबण्डा नमिल्दा कार्यदलको बैठक निष्कर्षविना टुंगिएकोको छ ।

शुक्रबार बेलुका बसेको बैठकमा दलहरुले आ-आफना अडान नछोडेपछि बैठक विनानिष्कर्ष टुंगिएकोको हो । ‘दलहरुबीच सहमति जुट्न सकेन, अब एक्लाएक्लै चुनाव लड्ने तयारीमा छौं,’ कांग्रेस डोल्पाका सभापति दीपेन्द्र शाहीले भने, ‘सबैले ठूलो भाग खोजेपछि कहाँबाट सहमति जुट्छ ?’

माओवादी र एकीकृत समाजवादी ठूलो भाग खोजेको सभापति शाहीको आरोप छ ।

डोल्पामा एकीकृत सामाजवादीको बलियो पकड छ । ०७४ को स्थानीय तहको निर्वाचनमा ८ स्थिानीय तहमध्ये एमालेले ८ र माओवादी केन्द्रले २ स्थानीय तहमा जितेका थिए । ती ६ पालिकाका प्रमुख नै अहिले एकीकृत समाजवादीमा छन् ।

माओवादी केन्द्रले डोल्पाको सदरमुकाम ठूलीभेरी नगरपालिकाको मेयरमा दाबी गरेपछि सहमति जुट्न नसकेको नेकपा एकीकृत समाजवादी डोल्पाका अध्यक्ष नन्दसिङ बुढाले बताए ।

‘ठुलीभेरीमा ८० प्रतिशत मतदाता हाम्रो छ, अनि माओवादीले मेयर खोज्छ, कहाँबाट सहमति हुन्छ ? जनआधार हेरेर भाग खोज्नु पर्‍यो नी,’ अध्यक्ष बुढाले अनलाइनखबरसँग कुरा गर्दै भने ।

डोल्पामा ८ मध्ये ४ पालिका समाजवादीले दाबी गरेको छ । त्यस्तै माओवादीले ३ र कांग्रेसले २ पालिकामा दाबी गरेपछि सहमति भएन । ‘हामी गठबन्धनबीच फेरि बैठक बस्ने तयारीमा छौं, एक खालको निष्कर्ष आउला,’ अध्यक्ष बुढाले थपे ।

अघिल्लो निर्वाचनका कुनै पनि पालिकामा नजितेको नेपाली कांग्रेस भने डोल्पामा कमजोर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?