+
+

चुनावसम्म सत्ता गठबन्धन एकतावद्ध हुने अवस्था छैन : उपमहासचिव ज्ञवाली

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३ गते १७:३३

३ वैशाख, काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय चुनावमा सत्तारुढ गठबन्धनका दलहरु एकतावद्ध हुने अवस्था नभएको बताएका छन् ।

भित्रभित्रै पहिरो जाने अवस्था भएपछि निर्वाचनबाट पराजित हुने डरले सत्तारुढ दलहरु आफैं अत्तालिएको उनको तर्क छ । नेकपा (एमाले) चितवन–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरु तलसम्मै एकतावद्ध भएर जाने अवस्था नरहेको जिकिर गरे ।

गठबन्धनका लागि नेपालगञ्जमा जसपाले नमानेको, पर्साका कांग्रेसहरु आफैं असहमत रहेको, रोल्पामा हुँदैन भनेर वक्तव्य आउनेवाला रहेको उल्लेख गर्दै उपमहासचिव ज्ञवालीले यस्तो अवस्थामा सत्तारुढ दलहरुलाई बलियो शक्ति मान्न नसकिने बताए ।

‘सत्तारुढ पाँच दलीय गठबन्धनले हामीलाई अप्ठयारो पार्छ कि भन्ने खालको जुन मनावैज्ञानिक दवाव सिर्जना गर्न खोज्याछन । त्यो भ्रमबाट मुक्त हुन म सबै कमरेडहरुलाई आग्रह गर्दछु’ उनले भने ।

उपमहासचिव ज्ञवालीले भने, ‘उनीहरुले जतिसुकै प्रयास गरेपनि गठबन्धन तलसम्म एकतावद्ध गरेर लैजाने अवस्था छैन । यही कारणले उनीहरु अत्तालिएका छन् । तर जतिसुकै गरेपनि उनीहरुले यो गठबन्धनलाई तलसम्म एकतावद्ध बनाएर लैजाने अवस्था छैन । गठबन्धनमा पहिरो जान सुरु गरिरहेको अवस्था छ ।’

उपमहासचिव ज्ञवालीले सबै तहको निर्वाचनमा आफ्नो पार्टीले राजनीतिक, नैतिक तथा गणितीय रुपमा पनि जित हासिल गर्ने निश्चित भएको भन्दै सोही अनुसारको तयारीमा जुटन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?