+
+

खोटाङमा उम्मेदवार चयन गर्न एमालेले बनायो कार्यदल

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३ गते १८:२०

३ वैशाख, काठमाडौं । खोटाङमा स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन नेकपा एमालेले कार्यदल गठन गरेको छ । शनिबार जिल्ला सचिवालय कमिटीको बैठकले स्थानीय तहको उम्मेदवार चयन गर्न जिल्ला इन्चार्ज विशाल भट्टराईको नेतृत्वमा कार्यदल गठन गरेको हो ।

कार्यदलमा सहइन्चार्ज उषाकला राई, जिल्ला अध्यक्ष रामप्रसाद दंगाल लगायत पदाधिकारी रहेका एक नेताले जानकारी दिए । गएको २०७४ को निर्वाचनमा खोटाङको १० मध्ये एमालेले ५ स्थानीय तह जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?