
४ वैशाख, काठमाडौं । स्याङजाको वालिङमा जीप दुर्घटना भएको छ । वालिङ नगरपालिका वडानम्बर १२ माथिल्लो डाँडाखर्कस्थित फिरफिरे स्कुल नजिकै दुर्घटना भएको हो ।
दुर्घटनास्थलबाट चारजनालाई अचेत अवस्थामा निकालिएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जानकारी दिएको छ । अन्य केही घाइतेलाई उद्धार गरी वालिङ अस्पतालमा पठाइएको छ ।
दुर्घटना भएको जीपको नम्बर पनि खुलेको छैन । थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । जीपमा ११ जना सवार रहेको खुलेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4