+
+

स्याङ्जामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ६ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ४ गते १२:१८

४ वैशाख, काठमाडौं । स्याङ्जामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । डाँडाखर्क गाउँबाट वालिङ तर्फ आँउदै गरेको ग १ ज ७३९९ नम्बरको जीप आइतबार विहान १० बजे वालिङ नगरपालिका-१२ डाँडाखर्क स्थित भित्री सडक खण्डमा दुर्घटना हुँदा एक बालकसहित पाँच जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा वालिङ नगरपालिका-१२ डाँडाखर्कका ६५ वर्षका वीरबहादुर दाला, ४५ वर्षकी हिरा दाला, २५ वर्षकी शर्मिला सारु र ६१ वर्षकी कुलकुमारी कनौजेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता इन्सपेक्टर पदमराज थापाले जानकारी दिए । दुर्घटनामा शर्मिला सारुका छोरा ६/७ महिनाका बालकको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

जीप सडकबाट २०० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा चालकसहित ६ जना घाइते भएका छन् । घाइते हुनेहरुमा जीप चालक ६० वर्षका दलबहादुर थापा, वालिङ नगरपालिका-१२  का अंगबबहादुर दाला, मायाकुमारी सारु, योगेन्द्र थापा, नविना सारु र लक्ष्मी दाला रहेका छन् ।

उनीहरुको पोखराको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?