+

स्वाद र पौष्टिक तत्व नमर्ने गरी कसरी पकाउने तरकारी ?

२०७९ वैशाख  ४ गते १८:५८ २०७९ वैशाख ४ गते १८:५८
स्वाद र पौष्टिक तत्व नमर्ने गरी कसरी पकाउने तरकारी ?

काठमाडौं । हाम्रो भान्सामा विभिन्न प्रकारका सागसब्जीको प्रयोग हुन्छ । टमाटर, पालक, लौका जस्ता तरकारी पोषणले भरिपूर्ण हुन्छन् भने धनियाँ र कढीपत्ता औषधिको रुपमा पनि प्रयोग गर्न गरिन्छ ।

तर तरकारी पकाउने बेलामा भने हामी त्यति ख्याल भने गर्दैनौं । तरकारी पकाउँदा पौष्टिक तत्व नष्ट हुनेगरी धेरैबेर पकाउने गर्छौं ।

तरकारीलाई कम पकाएर त्यसमा भएको पोषक तत्वलाई बचाउन सकिने पोषणविद्हरु बताउँछन् ।

टमाटर

दाल, तरकारी र मासुजन्य खानेकुरामा टमाटरको प्रयोग गरिन्छ । तर टमाटरलाई जति धेरै पकायो त्यति नै त्यसमा भएको पोटासियम र भिटामिन सी नष्ट हुँदै जान्छ । काँचो टमाटर स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ ।

दालमा टमाटर राख्नु छ भने स-सानो गरेर काटेर पाकिसकेपछि माथिबाट राख्नुपर्छ । यसका साथै भेलपुरी,, चनाजोर गरम आदिमा राखेर पनि टमाटर खान सकिन्छ ।

पालक

शरीरमा आइरनको कमी भए चिकित्सकले पालकको तरकारी खान सल्लाह दिन्छन् । १०० ग्राम पालकमा ९१ प्रतिशत पानी र तीन ग्राम प्रोटिन पाइन्छ । यसमा भिटामिन सी, भिटामिन के, क्याल्सियम, फाइबर र ओमेगा-३ पाइन्छ ।

मांसाहारी परिवारका लागि पालक निकै फाइदाजनक मानिन्छ । पालकलाई पकाएर खाँदा त्यसमा भएको प्राकृतिक जल नष्ट हुन्छ । पालकलाई पकाएर खानु भन्दा सफा पानीमा उमालेर,  मनतातो पानीमा पकाएर तथा  पाकिसकेको दालमा काटेर राख्दा स्वास्थ्यका लागि लाभदायक मानिन्छ ।

यस्तो गर्दा दालमा स्वाद आउँछ भने पालकमा भएको पौष्टिक तत्व कायम रहन्छ ।

कुन्दरु

कुन्दरुमा मधुमेह नियन्त्रण  गर्ने गुण हुन्छ । यसमा फाइबर पाइने हुँदा यसले मोटोपन घटाउन मद्दत गर्छ । काँक्रा जस्तो गरी कुन्दरुलाई काँचै सलादका रुपमा प्रयोग गर्न सकिन्छ ।

यसका अतिरिक्त पुदिना, सिमला मिर्च, टुसा पलाएको अनाजलाई पनि काँचै खान सकिन्छ । सलादका रुपमा यसमा माथिबाट थप कागती, हरियो खुर्सानी, धनियाँ र प्याज समेत प्रयोग गर्न सकिन्छ ।

तरकारी पाककला
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?