+
+

म ‘म पार्टी’

डा. विष्णुप्रसाद जोशी डा. विष्णुप्रसाद जोशी
२०७९ वैशाख ५ गते १२:२०

म म पार्टी !

मार्क्सवादमा म

माओवादमा म

बीपीको समाजवादमा म

मधेशवादमा म

मण्डलेहरूमा त झन् म नै म !

 

सही पनि म

तैपनि म

हामीभित्र म

दामीभित्र म

नामीभित्र म

हरामीभित्र पनि म !

धर्ममा म

राममा म

हनुमानमा पनि म !

एमसीसीमा म,

मेलम्चीमा म

भ्युटावरबाट देखिने म,

बाटै नहेरी डोजरमा गुड्ने म

दल, व्यापार, ठेक्का या टेण्डर

सबैभन्दा चल्ने म म सेन्टर !

मिडियामा म

मेडलमा म

मस्तीमा म

१०० किलोको मालामा म नै म !

मदिरामा, मासुमा, मुनाफा मा म

मालामाल पनि म

मूल्याङ्कन म !

महँगीमा, मर्कामा म,

सँगै मतमा त झनै म !

समाजमा पनि छ है म !

कति भन्ने मैं खाउँ मैं लाउँ ?

ऊ त्यो, तिमी, अनि म मिली

अब एकअर्काको हात समाउँ

राम्रो म !

म नै म त भो सबैतिर,

तर,

हामी सबै नेपालीको

मीठो मुस्कानमा खै त म ?

लेखकको बारेमा
डा. विष्णुप्रसाद जोशी

बझाङमा जन्मिएका लेखक हाल अमेरिकामा वैज्ञानिकको रूपमा कार्यरत छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?