+
+

प्रचण्डको सचिवालयले भन्यो : पालिका भागबण्डाको प्रस्ताव आएको छैन

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ५ गते १३:३५

५ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले महानगर र उपमहानगरमा भागबण्डाका लागि कुनै प्रस्ताव नआएको प्रष्टाएको छ ।

अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले महानगर÷उपमहानगरको भागबण्डाका लागि प्रस्ताव आएको भनि प्रसारित समाचारमा सत्यता नभएको बताएका छन् ।

बिहान बसेको बैठकले महानगर र उपमहानगरको भागवण्डा टुंगो लगाउन नसकेपछि सत्ता गठबन्धनको बैठक पुन बस्ने भएको छ । पाँच दलीय गठबन्धनका शीर्ष नेता सहित अनुगमन संयन्त्रका नेताहरुको संयुक्त बैठक बसेको थियो ।

बैठक आज बेलुकी पुनः बस्ने भएको छ । महानगर र उपमहानगरमा उम्मदेवारका लागि दलको भागबण्डा साँझसम्म टुंगिने गरी छलफल चलेको मल्लले सामाजिक सञ्जालमा लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?