+
+

पूजा र आकाशको ‘सम्झना बिर्सना’को ट्रेलर रिलिज

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ५ गते १८:३५

काठमाडौं । पूजा शर्मा र आकाश श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘सम्झना बिर्सना’को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । तीन मिनेट लामो ट्रेलरमा कमेडी, लभ, रोमान्स र सस्पेन्स मिश्रण गरिएको छ ।

निमेष प्रधान निर्देशित फिल्मलाई अद्वितीय प्रधान र रेविका प्रधानले संयुक्त रुपमा निर्माण गरेका हुन् । जेठ ६ गते प्रदर्शन हुने फिल्ममा सुनिल थापा, छुल्ठिम गुरुङ र शिशिर राणाको समेत अभिनय छ ।

दार्जिलिङ, सिलगुडी र सिक्किमका पर्यटकीय थलोमा खिचिएको फिल्मको पटकथा निर्देशक प्रधानले लेखेका हुन् भने संवाद लेखनमा शिशिर राणाले सघाएका छन् ।

आदित्य फिल्म्सको प्रस्तुति रहेको फिल्मलाई शिव ढकालले खिचेका हुन भने सम्पादन तारा थापा ‘किम्भे’ले गरेका छन् । गीतमा राजन ईशान, सुदर्शन तामाङ र निर्देशक निमेषकै संगीत छ । कमल राईको कोरियोग्राफी रहेको फिल्मलाई आरआर फिल्म्सले वितरण गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?