+
+

नाटाली पोर्टम्यान नयाँ ‘थोर’को भूमिकामा, नेपालमा असार २४ मा रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ६ गते ११:२६

काठमाडौं । मार्भल सिनेम्याटिक युनिभर्सबाट केही समय बिदा लिएकी हलिउड अभिनेत्री नाटाली पोर्टम्यान नयाँ थोर पात्रमार्फत पुनरागमन गरेकी छन् ।

अहिलेसम्मकै सशक्त बताइएको ‘थोरः लभ एण्ड थन्डर’को टिजरमा पोर्टम्यानलाई नयाँ थोर पात्रको रुपमा देख्न पाइन्छ । अघिल्लो ‘थोरः राग्नारोक’बाट राम्रो प्रतिक्रिया बटुलेका टाइका वाटिटी निर्देशित फिल्म ‘थोर’को यो चौथो श्रृंखला हो ।

टिजर एभेन्जर्स एण्ड गेमको कथाबाट सुरु हुन्छ जहाँ थोर ओडिन्सन (क्रिस हेम्सवर्थ) आफ्नो संसार असगार्ड समाप्त भएपनि गार्जियन अफ दी ग्यालेक्सीसँगै पृथ्वीमा बस्दै आएका छन् ।

अभिनेता हेम्सवर्थ उक्त समूहको सदस्यको रुपमा फिचर्ड छन्, जहाँ पोम क्लेमेन्टिफ, डेभ बौटिस्टा, करेन गिलन, ब्राड्ली कुपर र भिन डिजेल समेत प्रमुख भूमिकामा देखिनेछन् ।

यो फिल्म नेपालमा असार २४ गते रिलिज गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?