+
+

एमाले र लोसपाले जितेका मधेशका ३४ पालिकामा तालमेल गर्ने सत्ता गठबन्धनको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ६ गते १२:५४

६ वैशाख, जनकपुरधाम । नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले जितेका मधेस प्रदेशका पालिकाहरुमा सत्तारुढ गठबन्धनले तालमेल गर्ने तयारी गरेका छन् ।

गठबन्धनको बैठकमा सहभागी हुँदै आएका नेकपा एकीकृत समाजवादीका मधेश प्रदेश इञ्चार्ज धर्मनाथ साहले भने, ‘हामी एमाले र लोसपाले जितेका ३४ पालिकामा तालमेल गर्न लगभग सहमति नजिक पुगेका छौं ।’

प्रदेशस्तरीय गठबन्धनको बैठक बुधबार बिहान ८ बजे बोलाइएको छ । त्यही बैठकमा एमाले र लोसपाले जितेका ३४ पालिकामा तालमेल गरेर अघि बढ्ने विषयलाई निष्कर्षमा पु¥याइने साहले बताए ।

गठबन्धनबारे छलफल गर्न पाँच दलीय गठबन्धनको बैठक सोमबार दिनभर बसेको थियो । बैठकलाई टुंग्याउनुअघि जिल्ला तहको संयन्त्रलाई जिल्लागत अवस्थासहितको प्रतिवेदन बुझाउन मंगलबार दिनभरको समय दिइएको थियो ।

अन्य ठाउँमा नभए पनि एमाले र लोसपाले जितेका ३४ पालिकामा तालमेल गरेरै जानुपर्नेमा गठबन्धनमा आबद्ध सबै दलका नेता एकमत देखिएको साहको भनाइ छ । ‘अरु ठाउँमा भने गठबन्धन नभए पनि मित्रवत् तरिकाले चुनावमा जान्छौं’ उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?