+
+

चितवनका सभापतिसँग देउवाले भने : भरतपुर माओवादीलाई दिनुपर्ने भयो

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ६ गते १४:५४

६ वैशाख, चितवन । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले चितवनको भरतपुर महानगरपालिकाको मेयर पद छाड्नुपर्ने बताएका छन् ।

मंगलबार चितवन जिल्ला सभापति राजेश्वर खनाललाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर उनले भरतपुरको मेयर पद माओवादी केन्द्रलाई दिनुपर्ने बताएका हुन् ।

‘काठमाडौं, ललितपुर र विराटनगर हामीले लिनुपर्ने भयो, भरतपुर माओवादीलाई दिनपर्ने भयो, तपाईंले जिल्लाको माहोल सम्हाल्नुपर्‍यो’ देउवाले खनालसँग भनेका थिए ।

जवाफमा जिल्ला सभापति खनालले जिल्लामा कार्यकर्ताहरु भरतपुर महानगरपालिकाको मेयर छाड्न नहुने पक्षमा रहेकाले आफूले सम्हाल्न नसक्ने बताएका थिए ।

जिल्ला सभापति खनालले भविष्यमा आउने निर्वाचन परिणामको जिम्मेवारी आफूले लिन नसक्ने र त्यसको जिम्मा पार्टी केन्द्रीय सभापतिकै हुने जवाफ दिएको उनले अनलाइनखबरसँग बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?