+
+

गठबन्धनभित्र अपमानपूर्ण व्यवहार सह्य हुँदैन : माधव नेपाल (भिडियोसहित)

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ६ गते १५:३८

६ वैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीलाई अपमान सह्य नहुने बताएका छन् ।

मंगलबार राष्ट्रिय सभागृहमा आयोजित पार्टी एकता तथा घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्रममा नेपालले गठबन्धनभित्र आफ्नो पार्टीको अपमान भएको टिप्पणीसमेत गरे ।

‘सबै पार्टीले आफ्नो शक्तिको अति मूल्यांकन गर्दै, अरुको शक्तिको अवमूल्‍यन गर्दै, अलिकति अपमानपूर्ण ढंगले पनि व्यवहार गर्दै चल्नुभएको छ भन्ने रिपोर्ट पनि आइरहेको छ,’ उनले भने, ‘हामी अपमान सहनका लागि जन्मेका होइनौं । हामी विद्रोह गरेर जन्मेका छौं ।’

नेपालले आफूहरुलाई आफ्ना शक्तिमा विश्वास भएको भन्दै मूल्‍याङ्कन र अवमूल्‍यन दुवै ठीक नभएको बताए। ‘हामीलाई आफ्नो शक्ति र समामर्थ्यमा विश्वास छ,’ उनले भने, ‘र, हामीले आफ्नो शक्तिको मूल्‍याङ्कन पनि गर्नुहुँदैन ।’

महानगरपालिका, उपमहानगरपालिका र स्थानीय तहमा तालमेल मिलाउनेबारे छलफल भइरहेको भन्दै नेपालले सबै ठाउँमा सहमति गर्न गाह्रो भएको समेत बताए।

‘चुनावमा पराजित हुने स्थितिमा भएकाहरुले पनि जित्छु भनिरहेका छन्,’ उनले भने, ‘कतिपय ठाउँमा सहमति गर्दै हुनुहुन्छ, कतिपय ठाउँमा गाह्रो छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?