+
+

बाराको पचरौतामा जसपाले टुंग्यायो मेयर उपमेयरका उम्मेद्‍वार

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ६ गते १७:४०

६ वैशाख, कलैया । बाराको कान्छो नगरपालिका पचरौता नगरपालिकामा जनता समाजवादी पार्टी जसपा नेपालले मेयर र उपमेयरका उम्मेद्‍वार चयन गरेको छ । वर्तमान मेयर रमेशकुमार यादवलाई नै जसपाले मेयरमा उठाउने छ ।

यस्तै उपमेयरमा सगूफा खातुनलाई सर्वसम्मत रुपमा सिफारिस गरिएको जसपा नेता अवधभुषण यादवले जानकारी दिए ।

२०७४ को चुनावमा यादव तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट मेयर चुनिएका थिए । उनले २ हजार ६४२ मत ल्याएका थिए । निकटम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका जलन्धर सिंह जैसवारले २ हजार १३३ मत ल्याएका थिए ।

उपमेयरमा भने तत्कालीन राष्ट्रिय जनता पार्टीबाट इन्दुकुमारी निर्वाचित भएकी थिइन् । २ हजार ५४६ मत ल्याएकी उनले संघीय समाजवादी फोरमकी ललिता कुमारीलाई ३७ मतले हराएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?