+
+

हावाहुरी र पानी पर्दा पोखरा दिउँसै अन्धकार !

पोखरामा आज पानी पर्दा दिउँसै अन्धकार भएको छ । मंगलबार दिउँसो साँढे ३ बजेपछि भएको हावाहुरी र वर्षाका कारण दिउँसै अन्धकार भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ६ गते १८:२५

६ वैशाख, पोखरा । पोखरामा आज पानी पर्दा दिउँसै अन्धकार भएको छ ।

मंगलबार दिउँसो साँढे ३ बजेपछि भएको हावाहुरी र वर्षाका कारण दिउँसै अन्धकार भएको हो ।

पश्चिमी वायुको साथै स्थानिय वायुको प्रभावका कारण अहिले पोखरामा मेघ गर्जनसहित वर्षा भइरहेको छ ।

वर्षासँगै पोखरामा दिउँसै अध्यारो हुँदा सवारी साधनहरु हेडलाइट बालेर हिँडेका छन् भने पानी परेपछि दुई पाङ्ग्रे सवारी साधन तथा पैदलयात्रु विच बाटोमा नै रोकिएका छन् ।

यस्तै दिउँसो परेको पानीका कारण बढ्दो गर्मीमा राहत मिलेको महशुस गरिएको छ ।

पोखराको पछिल्लो २४ घण्टाको अधिकतम तापक्रम ३२.३ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १९.४ सेल्सियस मापन गरिएको छ ।

यसअघि २०७८ साल वैशाख ३, २०७६ सालमा माघ १२ र २०७५ चैत १७ गते र २०६७ साल वैशाख २९ गते पोखरामा दिउँसै अध्यारो भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?