+
+
सत्ता गठबन्धनको छलफल :

७ उपमहानगरको मेयर कांग्रेसलाई, जनकपुरमा जुटेन सहमति

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ६ गते २१:०८
सत्तारुढ गठबन्धनको बैठकको फाइल तस्वीर

६ वैशाख, काठमाडौं । महानगरपालिकाको भागवण्डा लगभग टुंगोमा पुर्‍याएका सत्तारुढ  गठबन्धनका चार दलले ११ उपमहानगरपालिकाको छिनोफानो पनि मंगलबार नै गर्ने तयारी गरेका छन् ।

मंगलबार साँझ बसेको गठबन्धनमा रहेका दलको शीर्ष नेताको बैठकमा उपमहानगरपालिकाको भागवण्डा लगभग मिलिसके पनि जनकपुरमा नेपाली कांग्रेस र जनता समाजवादीले दावी नछोडेपछि कुरा मिल्न सकेको छैन ।

यसअघि कांग्रेसलाई ६, माओवादी केन्द्रलाई ३ र जसपा र नेकपा एकीकृत समाजवादीलाई एक–एक वटाका दरले उपमहानगरपालिका भागवण्डा गर्ने भनिए पनि पोखरा महानगरपालिका छोडेबापत कांग्रेसले सातवटा उपमहानगर पाउने निश्चित भएको थियो ।

तर बैठकमा कांग्रेस नेताहरुले मधेशका मुख्य सहर वीरगञ्ज र जनकपुरमध्ये एउटा आफूले पाउनुपर्ने बताएपछि फेरि सहमति भाँडिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । उनका अनुसार जनकपुरका बारेमा देखिएको विवाद र उपमहानरपालिकाका उपमेयरको टुंगो मंगलबारकै छलफलले लगाउनेछ ।

घोराही र जितपुर सिमरा उपमहानगरपालिकाको मेयर माओवादीले पाउने गरी सहमतिको मस्यौदा बनेको छ । यस्तै हेटौंडा उपमहागरपालिका नेकपा एकीकृत समाजवादीको भागमा परेको छ भने जनकपुरमा जसपा र नेपाली कांग्रेसको दावी यथावत् छ ।

अहिलेसम्मको सहमति अनुसार इटहरी, धरान, कलैया, बुटवल, तुल्सीपुर, नेपालगञ्ज र धनगढीको मेयरमा नेपाली कांग्रेसले गठबन्धनको तर्फबाट प्रतिष्पर्धा गर्ने छ । यद्यपि छलफलका क्रममा उपमहानगरको भागवण्डा फेरबदल हुन पनि सक्ने गठबन्धन स्रोतको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?