+
+

युनाइटेडलाई ४ गोल गर्दै लिभरपुल शीर्ष स्थानमा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ७ गते ८:१३

७ वैशाख, काठमाडौं । मोहमद सलाहको दुई गोल मद्दतमा लिभरपुलले प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडलाई ४-० ले पराजित गरेको छ ।

घरेलु मैदान एनफिल्डमा शानदार जितपछि लिभरपुल म्यानचेष्टर सिटीलाई पछि पार्दै शीर्ष स्थानमा समेत उक्लेको छ । घरेलु मैदानमा एकतर्फी जित निकाल्ने क्रममा लिभरपुलका लागि लुइस डियाज र साडियो मानेले पनि एक एक गोल गरे ।

खेलको पाँचौं मिनेटमै डियाजेल गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । सलाहले २२औं मिनेटमा गोल गरेपछि लिभरपुलले पहिलो हाफमा अग्रता दोब्बर बनायो ।

दोस्रो हाफमा पनि लिभरपुलले दुई गोल गर्‍यो । ६८ औं मिनेटमा मानेले गोल गरे । त्यसपछि ८५औ मिनेमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ४-० को जित दिलाए ।

शानदार जितपछि ३२ खेलबाट ७६ अंक जोडेको लिभरपुल सिटीलाई २ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लेको छ ।

सिटीले एक खेल कम खेलेको छ र ७४ अंकसहित दोस्रो स्थानमा छ ।

उता युनाइटेडलाई भने यस हारेल शीर्ष चारमा रहन चुनौती थपिएको छ । ३३ खेलबाट ५४ अंक रहेको युनाइटेड छैटौं स्थानमा छ । चौथो स्थानमा रहेको टोटनहमभन्दा युनाइटेड ३ अंङ्कले पछि छ । समान अंक भए पनि आर्सनलसँग गोलअन्तरमा युनाइटेड पछि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?