+
+

जीतपुरसिमराका वडाध्यक्षमाथि आक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ७ गते ९:५६

७ वैशाख, वीरगञ्ज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२३ मा नेकपा (एमाले)का दुई पक्षबीच झडप भएको छ ।

वडा अध्यक्ष असलम देवान र वडा अध्यक्षका प्रत्यासी मुस्तकिम अन्सारी पक्षबीच झडप भएको हो । दुई पक्षबीच भएको झडपमा वडा अध्यक्ष देवानसहित ६ जना घाइते भएका छन् .

झडपमा परी वडा अध्यक्ष देवान, नासिर र नाजिर देवान घाइते भएका छन् । उनीहरूको नारायणी बयोधा अस्पतालमा उपचार भइरहेको छ ।

मुस्तकिम पक्षका चाँद महम्मद, अनु आरुल महम्मद र मुस्ताक अन्सारी पनि घाइते भएका छन् । उनीहरूको वीरगञ्ज हेल्थकेयर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको छ । बसरुदिन मिया, लाल महम्मद र अनिल महम्मदलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

बाटोको विषयमा विवाद हुँदा उनीहरूबीच झडप भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

वडा अध्यक्ष देवानको घाँटी, छाती र ढाडमा चोट लागेको छ । एमालेबाट टिक नपाएर माओवादीबाट चुनाव लडेका देवान निर्वाचित भएपछि पुन: एमालेमा फर्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?