+
+

नेपालगञ्जमा मंगलप्रसाद महिला कलेज स्थापना

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ७ गते १२:१५

७ वैशाख, नेपालगञ्‍ज । नेपालगञ्जमा मंगलप्रसाद महिला कलेजको स्थापना गरिएको छ । करिब १२ कठ्ठा जमिनमा चार तले भवन निर्माण गरिएको उक्त कलेजको पुर्वाञ्जल विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा.यादवराज कोइरालाले बुधबार उटघाटन गरे।

शिक्षामा महिलाको पहुँच बढाउन महिला कलेज स्थापना गर्नु परेको नेपालगञ्जका मेयर डा. धवलसम्शेर राणाले परेको बताए । कलेज स्थापनाले बाँकेसहितका जिल्लाका महिलाको शिक्षामा पहुँच बढ्ने सम्बद्धको विश्वास छ ।

मधेसी, मुस्लिम लगायत समुदायका छोरीलाई लक्षित गरेर महिला कलेज स्थापना भए पनि सबै जाति र समुदायका छोरीले पढ्न पाउने छन् । पुर्वाञ्जल विश्वविद्यालयबाट कलेजको सम्बन्धनका लागि आवश्यक प्रक्रिया अगाडी बढाइएको कलेज प्रमुख रविन्द्र कर्णले जानकारी दिए ।

१० करोड रुपैयाँ लागतमा निर्माण गरिएको कलेज सञ्चालन गर्न विश्वविद्यालयबाट सम्बन्धनका लागि एक करोड र सञ्चालन गर्न ५० लाख रुपैयाँ उपमहानगरपालिकाले कलेजलाई प्रदान गरेको छ।

यस्तै कलेज सञ्चालनका लागि थप दुई करोड रुपैयाँ दिने निर्णय भइसकेको नेपालगञ्जकी उपमयेर उमा थापा मगरले जानकारी दिइन्। नेपालगञ्ज उपमहानगरपालिकाले विज्ञ टोली बनाएर दुई वर्षसम्म विस्तृत अध्ययन गरेर महिला कलेज सञ्चालनका लागि अघि बढेको उपमेयर थापा मगरले बताइन् ।

कलेज प्रमुख कर्णका अनुसार भवनमा ४० वटा कक्षा कोठा, कार्यालय, हल, अपांङ्गतामैत्री शौचालय लगायत संरचना निर्माण गरिएको छ । कम्प्युटर ल्यावसहितको १४ कोठे छात्राबास समेत रहेको छ ।

कलेजले व्‍यवस्थापन संकायमा बीबीए र बीबीएस, कानून संकायमा ५ वर्षे बीएएलएलबी, शिक्षा संकायमा ४ वर्षे बीएड र विज्ञानतर्फ ४ वर्षे बीसीए र बीआइटी कक्षा सञ्चालन गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?