+
+

‘स्वर्गकी अप्सरा’मा रोमान्टिक पूजा र आकाश

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ७ गते १२:५३

काठमाडौं । अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा अहिले फिल्ममा मात्रै नभई म्युजिक भिडियोमा पनि सहकार्य गरिरहेका छन् । यी दुई अभिनित फिल्म ‘सम्झना बिर्सना’ जेठ ६ गते प्रदर्शनको तयारीमा छ ।

यस्तोमा यो जोडी फिल्मसँगै म्युजिक भिडियोमा पनि सक्रिय छ । आकाश र पूजा अभिनित नयाँ म्युजिक भिडियो ‘स्वर्गकी अप्सरा’ युट्युबमा रिलिज गरिएको छ । कविराज गहतराजद्वारा निर्देशित यो भिडियोमा पूजा र आकाशलाई रोमान्टिक अवतारमा देख्न सकिन्छ ।

सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको गीतमा दीपक वसन्त कार्कीले संगीत भरेका छन् । दीपक कँडेलको शब्द रहेको गीतलाई सुदीप सागरले संगीत संयोजन गरेका छन् । सौरभ लामाको छायांकन रहेको भिडियोलाई अर्जुन जीसीले सम्पादन गरेका छन् ।

निर्देशक गहतराजले म्युजिक भिडियोका लागि तीन महिनाको मेहनत लागेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?