+
+

विराट कोहली थाके, अब विश्राम लिनुपर्छ : रवि शास्त्री

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ७ गते १३:१४

७ वैशाख, काठमाडौं । भारतीय क्रिकेट टिमका पूर्व प्रशिक्षक रवि शास्त्रीले विराट कोहली मानसिक रुपमा धेरै थाकेको र उनलाई अब आराम चाहिने धारणा व्यक्त गरेका छन् ।

अबको ६-७ वर्ष भारतको लागि खेल्ने हो भने अहिले विराटले बिराम लिनुपर्ने शास्त्रीले बताएका छन् ।

जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बेंगलोरका लागि विराटले जम्मा दुई पटक ४० भन्दा बढीको स्कोर बनाएका छन् । तर उनी लयमा देखिएका छैनन् ।

दिल्लीका यी ३३ वर्षीय ब्याट्सम्यानले सबैखाले फर्म्याटको क्रिकेटमा गरेर पछिल्लो एक सय खेलमा शतक बनाउन सकेका छैनन् ।

उनले भारतीय टी-२० टिम र बेंगलोरको कप्तानबाट राजीनामा दिएका थिए । यस्तै भारतीय टेष्ट क्रिकेट टिमको कप्तानी पनि छाडेका उनलाई ओडीआई कप्तानबाट भने हटाइएको थियो ।

‘म सिधै मुख्य व्यक्तिमा जान चाहन्छु । विराट कोहली धेरै थाकेका छन् । यदि कसैलाई ब्रेक आवश्यक छ भने त्यो उनै हुन्, ।’ शास्त्रीले टाइम्स अफ इन्डिया स्पोर्ट्ससँग भने, ‘चाहे त्यो २ महिना होस् वा डेढ महिना, चाहे त्यो इङ्ल्यान्ड पछिको होस् वा इङ्ल्यान्ड अघिको होस्, उसलाई विश्राम चाहिन्छ किनभने उसमा ६-७ वर्षको क्रिकेट बाँकी छ र थाकेको दिमागले गर्दा तपाइँ त्यो गुमाउन चाहनुहुन्न ।’

मंगलबार लखनउ सुपर जायन्ट्स विरुद्धको खेलमा कोहली गोल्डेन डक आउट भए । यद्यपी कप्तान फाप डु प्लेसिसको ९६ रन मद्दतमा बेंगलोरले लखनउलाई १८ रनले हरायो ।

शास्त्रीले अहिले विश्वमा २ वा ३ खेलाडी उस्तै समस्याबाट गुज्रिरहेको हुन सक्ने बताए ।

यसै विषयमा इंग्ल्याण्डका पूर्व कप्तान केभिन पिटरसनले पनि कोहलीले खेलका साथै सामाजिक सञ्जालबाट पनि टाढा रहनुपर्ने बताएका छन् ।

कोहलीले विवाह, बच्चा, मिडियालगायतका धेरै कुरामा डिल गर्नुपरेकोले उनले फेरि पुरानै अवस्थामा आउन ६ महिना ब्रेक लिनुपर्ने पिटरसनले बताएका हुन् ।

पिटरसनले कोहली अहिले मानसिक थकानमा रहेकोले राम्रो प्रदर्शन गर्न कठिन भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?