२४ वैशाख, काठमाडौं । स्पेनिस दोस्रो डिभिजन क्लब क्याडिज सीएफ को झण्डा नेपालको अन्नपूर्ण बेस क्याम्पमा फहराइएको छ। बुधबार क्याडिजको झण्डा एबिसीमा पुर्याइएको हो ।
समुद्री सतहदेखि ४,१३० मिटर उचाइमा रहेको यो स्थानमा क्याडिजको झण्डा पुर्याइएपछि क्लबको आधिकारिक फेसबुक पेजमा नेपाली भाषामा पोस्ट गरिएको छ: ‘काडिज, नेपालमा उपस्थित! हामी तपाईंलाई माया गर्छौं!’ यद्यपी यो पोस्ट विश्वव्यापी रूपमा भने देखिने छैन । नेपालमा मात्र देखिने गरी पोस्ट गरिएको छ ।
हाल क्याडिज सीएफ स्पेनको दोस्रो डिभिजन लिगमा १३औं स्थानमा रहेको छ।
प्रतिक्रिया 4