+
+

कांग्रेसले आफ्नै बलमा चुनाव लड्नुपर्छ : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ७ गते १७:३१

७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कम्युनिस्टहरुको चरित्र र स्वभावका कारणले तालमेल गर्न नहुने बताएका छन् ।

कांग्रेस आफ्नै बलमा निर्वाचनमा लड्नुपर्ने थापाको तर्क छ । नेपाल विद्यार्थी संघको ५३ औं स्थापना दिवसमा बोल्ने क्रममा थापाले कांग्रेसले तालमेलको बाटो छोडेर मतदाता आफूतिर आकर्षित गर्नुपर्ने बताए ।

‘कम्युनिस्टहरुले रातारात पार्टी विभाजन गरेको पनि देखियो । रातारात मिलेको पनि देखियो’ थापाले भने, ‘कम्युनिस्ट पार्टीहरु कुनै न कुनै बेला मिल्न सक्छन् । चरित्र र स्वभाव उनीहरुको हामीले देखिसक्यौं ।’

तालमेलको विपक्षमा रहेपनि बहुमतको निर्णय मान्नुपर्ने भएकाले केन्द्रीय समितिको निर्णय स्वीकारेको थापाको भनाइ छ । तालमेल गर्ने अधिकार तल्लो तहलाई भएकाले केन्द्रीय समितिको निर्णय उल्लंघन भए प्रश्न उठाउने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?