+
+

एसियन गेम्सको लागि बक्सिङ छनोट वैशाख १२ देखि १५ गतेसम्म

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ८ गते १०:१७

८ वैशाख, काठमाडौं । आगामी सेप्टेम्बरमा चीनमा आयोजना हुने १९औं एसियाली खेलकुदका लागि बक्सिङ खेलको छनोट यही वैशाख १२ देखि १५ गतेसम्म हुने भएको छ ।

नेपाल बक्सिङ संघले संघमा आबद्ध सम्पूर्ण जिल्ला संघ र क्लबहरुलाई पत्र लेख्दै एसियन गेम्सका लागि छनोट प्रतियोगिता हुने जनाएको छ ।

एसियन गेम्स चीनको होन्झोउमा सेप्टेम्बर १० देखि २५ सम्म आयोजना हुँदैछ ।

एसियन गेम्सका लागि सातदोबाटोमा राष्ट्रव्यापी खुल्ला बक्सिङ छनोट प्रतियोगिता हुनेछ । त्यसका लागि संघ र क्लबबाट खेलाडी पठाउन संघले आग्रह गरेको छ ।

यस्तै उक्त प्रतियोगिता खेल्नका लागि राखेप तथा नेपाल बक्सिङ संघद्वारा आयोजित राष्ट्रिय तथा क्षेत्रीय प्रतियोगितामा सहभागी भएका खेलाडीहरूमात्र सहभागि हुने संघले जनाएको छ ।

छनोट प्रतियोगिता हुने तौल समूह :

(क) महिलातर्फ

(१) ४८ केजी – ५१ केजी

(२) ५४ केजी -५७ केजी

(३) ५७ केजी -६० केजी

(४) ६४ केजी -६९ केजी

ख) पुरुषतर्फ

(१) ४९ केजी -५२ केजी

(२) ५२ केजी -५७ कजी

(३) ५७ केजी -६३ केजी

(४) ६९ केजी -७५ केजी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?