+
+

निर्वाचन आचारसंहिता मिचेर शिक्षक चुनावी प्रचारमा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ८ गते १०:५८

८ वैशाख,  बुटवल । स्थानीय तह निर्वाचनको आचारसंहिता विपरित कपिलवस्तुमा शिक्षकहरु चुनावी प्रचारमा हिड्ने गरेको पाइएको छ ।

कृष्णनगर नगरपालिका वडा ११ सरफरको नेपाल राष्ट्र आधारभुत विद्यालयका प्रधानाध्यापक प्रहलाद पाण्डे कपिलवस्तु नगर प्रमुखका एमाले उम्मेदवार कुनाल प्रताप शाहको प्रचार प्रसारमा खटिएका छन ।

विद्यालयको कामकाज प्रभावित हुनेगरि नै निर्वाचन अचारसंहिता विपरित चुनावी प्रचारमा खटेका पाण्डेय नेपाल शिक्षक संघ कृष्णनगर नगर कमिटिका अध्यक्ष पनि हुन ।

निर्वाचन आयोगले सरकारी कर्मचारीले कुनै पनि दल र नेताको प्रचार प्रसार गर्न नहुने निर्देशन गरे पनि नेकपा एमालेका नेताको प्रचारमा गाउँ घुमेर भोट माग्दै हिँडे पनि सम्बन्धित निकाय मौन बसेको स्थानीयबासिन्दाको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?