+
+

महिलाले बनाइन् आफ्नो अन्तिम संस्कारका लागि ९ अनौठा नियम

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ८ गते १२:११

मानिसहरू चर्चामा रहनका लागि कहिलेकाही यस्तो अनौठो काम गर्दछन् कि बाँकी मानिस हेरेको हेर्‍यै हुन्छन् ।

एकजना टिकटक प्रयोगकर्ता महिलाले आफ्नो अन्तिम संस्कारका बेला आउनेहरूका लागि ९ वटा अनौठा नियम तय गरिदिएकी छिन् ।

@iamjist नामक टिकटक प्रयोकर्ता महिलाले आफ्नो टिकटक अकाउन्टबाटै अन्तिम संस्कारका नियमहरू सार्वजनिक गरेकी हुन् । उनका नियमहरू एकसे एक रोचक छन् । आफ्नो अन्त्येष्टिमा आउनेहरूका लागि उनले तय गरेका ९ नियम यस्ता छन् :

  •  अन्तिम संस्कारमा आउनेहरूले म सँगैका कुनै नयाँ वा पुराना तस्वीर देखाउनु पर्नेछ ।
  • अन्तिम संस्कारका बेला आउने महिलाहरूले शवको बाकसमा फाउन्डेसन, लिपग्लास, गाजललगायतका श्रृंगारका सामानहरू ल्याएर राखिदिनुपर्नेछ ।
  • शवको बाकस (कफिन) नजिक गएर भीड गर्न पाइनेछैन ।
  • सबैजनाले चुइगम लिएर आउनुपर्नेछ । अन्त्येष्टिका बेला आउनेहरूले सुँघ्न नपाउने तर स्वास लिएर मेरो आदर गर्नुपर्नेछ ।
  • अन्तिम संस्कारका बेला बोल्ने सबैजनाले पाँच मिनेटमा आफ्नो मन्तव्य टुंगाउनुपर्नेछ ।
  • अन्त्येष्टिमा कोही पनि कालो कपडामा आउन पाइनेछैन, रंगीचंगी कपडा लगाएर आउनुपर्नेछ ।
  • अन्त्येष्टिका बेला चिकेन, म्याक्रोनी, चिजलगायतका सोल फूड वितरण गरियोस् र एक प्लेट शवको बाकभित्र पनि राखियोस् ।
  • अन्त्येष्टिमा सहभागी सबैजनाले दुई पेग मदिरा पिउनुपर्नेछ । यदि कसैले दुई पेगभन्दा कम पिउँछ भने ऊ घर फर्किनुपर्नेछ ।
  • अन्तिम संस्कारमा कोही पनि २० मिनेटभन्दा बढी रोकिन पाउनेछैन ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?