+
+

नेप्से ४.९४ अंकले बढ्यो, कारोबार रकम बढेन

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ८ गते १५:३६

८ वैशाख, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य सुधार देखिएको छ । बुधबार उच्च अंकले घटेको बजार बिहीबार भने ४.९४ अंकले बढ्यो । बजार २३२५.४५ विन्दुमा पुगेको रोकिएको छ ।

बिहीबार बजारमा निकै उतारचढाव देखिए पनि अन्त्यमा बढेर बन्द भएको छ । बिहीबार कुल २३१ कम्पनीको ३६ हजार १ सय ९० वटा कारोबार भयो । यसबाट ३९ लाख ९१ हजार ५१ कित्ता सेयर किनबेच भएको छ । कारोबार रकम भने बिहीबार समेत सुधार हुन सकेन । बिहीबार १ अर्ब ६२ करोड ९१ लाख ६८ हजार ८ सय ४८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस दिन दुई कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ७०९.७० रुपैयाँ पुगेको छ । ग्रीन भेञ्चर लिमिटेडको सेयरमूल्य समेत १० प्रतिशतले बढेर ३६०.८० रुपैयाँ पुगेको छ ।

समिट लघुवित्त ७.५९, गणपति लघुवित्त ६.४८, जनउत्थान लघुवित्त ६.०६, युनियन लाइफ इन्स्योरेन्स ४.०४, न्यादी हाइड्रोपावर ४, पञ्चकन्या माइ, साधना लघुवित्त, किसान लघुवित्त र आरएमडीसी लघुवित्तको शेयरमूल्य साढे ३ प्रतिशतले बढेको छ ।

नेप्सेका अनुसार घम्मेदी हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा धेरै गुमाए । यस कम्पनीको सेयरमूल्य ६ प्रतिशतले घटेको छ । बिहीबार नेष्डो समृद्ध लघुवित्तको सर्वाधिक कारोबार भएको छ । यसको १० करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ । नबिल बैंकको ५ करोड र सूर्य लाइफ इन्स्योरेन्स साढे ४ करोड बढीको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?