+
+

वैद्य, बाबुराम र विप्लव ढिलो नगरी आउनुस् : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ८ गते १७:५१

८ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व सहकर्मीहरु मोहन वैद्य, बाबुराम भट्टराई र नेत्रविक्रम चन्द ‘विप्लव’लाई पुनः एकतामा आउन आग्रह गरेका छन् ।

बिहीबार कैलालीमा आयोजित कार्यक्रममा उनले वैद्य, विप्लव र बाबुराम एकतामा नआए उनीहरुको पार्टी बाँकी नरहने दाबी गरे ।

‘ढिलो नगरी । अब, बिल्कुल ढिलो नगरी म वैद्यजी र वैद्यजीसँग रहनुभएका कमरेडहरू, विप्लवजी र विप्लवसँग रहनुभएका कमरेडहरू, बाबुराम र बाबुरामसँग रहनुभएका कमरेडहरूलाई अविलम्ब ध्रुवीकरणमा आउन र सुदूरपश्चिमका जनताबाट सिक्न अपिल गर्न चाहन्छु,’ उनले भने ।

प्रचण्डले अघि भने, ‘यदि उहाँहरूले ढिलो गर्नुभयो भने, उहाँहरू व्यक्तिमात्रै रहनुहुनेछ, उहाँहरूसँग कुनै संस्था रहने छैन । त्यो भनेको उहाँहरूको लागि पनि दुःखद स्थिति हो ।’

प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निरंकुश प्रवृत्ति परास्त गरेपछि फेरि वाम एकता हुने दाबी गरेका छन् ।

‘नेकपा फुटेर तीनवटा भएको छ, एमाले फुटेर दुईवटा भएको छ,’ प्रचण्डले भने, ‘तर पनि फेरि ल्याउँछु कि ल्याउँछु कि भन्या छ । तर, यो पटक चाहिँ यो प्रवृत्तिलाई हामीले परास्त गर्नैपर्छ । यो निरंकुश प्रवृत्ति हो । भयानक अहंकार प्रवृत्ति हो । यो सामाजिक फाँसीवादी प्रवृत्ति हो । यो पटक हामीले पुरै परास्त गर्नुपर्छ । मलाई के लाग्छ भने अहिले परास्त गरेपछि फेरि वाम एकता हुन्छ ।’

यसअघिको एकता ओलीले नै टिक्न नदिएको प्रचण्डले बताए । बालुवाटार छाडेर बालकोट जाँदा पनि ओली रमाइलो गर्दै गएको भन्दै प्रचण्डले उनी अच्चमको प्राणी भएको समेत टिप्पणी गरे ।

‘तपाईं हामी मलामी जाँदा त रुदै रुदै अलि संवेदनशील हुँदै जान्छौं,’ प्रचण्डले भने, ‘तर, नेपालमा बालकोटवाला कस्ता परे भने मलामी जाँदा पनि नाँच्दै जाने, हाँस्दै जाने । बाजा बजाउँदै जाने ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?