+
+

नेपालगञ्जका नन्दलाल बैश्य राप्रपा प्रवेश, मेयरको टिकट पाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ८ गते २०:३९

८ वैशाख, नेपालगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नन्दलाल बैश्यलाई नेपालगञ्जको मेयरमा उठाउने भएको छ । यसअघि नेकपा माओवादी केन्द्रमा रहेका बैश्य पार्टीबाट टिकट नपाउने भएपछि राप्रपा प्रवेश गरेका छन् ।

सत्ता गठबन्धनको भागबण्डामा नेपालगञ्जको मेयर नेपाली कांग्रेसलाई परेपछि नेपालगञ्ज उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्षसमेत रहेका बैश्य राप्रपामा प्रवेश गरेका हुन् । यसअघि उनले माओवादीबाट मेयर उठ्ने तयारी गरिरहेका थिए ।

बैश्यलाई राप्रपाका उपाध्यक्ष डा.धवलशम्सेर राणा लगायतले बिहीबार स्वागत गर्दे राप्रपा प्रवेश गराएका हुन । वर्तमान मेयर राणाले मेयरमा चुनाव नलड्ने घोषणा गरिसकेका छन् ।

राप्रपा बाँकेका अध्यक्ष नरेन्द्र पौडेलले बैश्यलाई मेयरको टिकट दिने सहमति अनुसार नै राप्रपा प्रवेश गराएको बताए । बैश्यको राप्रपा प्रवेशसँगै चुनावी चहलपहल बढेको अध्यक्ष पौडेलले बताए । ‘हामीले बैश्यलाई प्रवेश गरायौं’, अध्यक्ष पौडेलले भने, ‘एक खालको सहमति नै भएको छ । जुन सहमति अनुसार उहाँ राप्रपाबाट नेपालगञ्जको मेयरमा चुनाव लडुनुहुन्छ ।’

नेपालगञ्जमा बैश्य समुदायको उल्लेख्य उपस्थिति रहेकाले उनीहरुको भोट तान्न राप्रपाले बैश्यलाई उम्मेदवार बनाउन लागेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?