+
+

उम्मेदवारबारे छलफल गर्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ९ गते ७:२९

९ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनका लागि उम्मेदवारबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।

बैठकमा महानगरपालिका र उपमहानगरपालिकाका उम्मेदवारबारे छलफल हुने नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सत्ता गठबन्धनका दलहरुबीच भएको भागबण्डा अनुसार नेपाली कांग्रेसको भागमा काठमाडौं, ललितपुर र विराटनगरको मेयर तथा वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकाको उपमेयर पद परेको छ ।

उपमहानगरपालिकातर्फ कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज, धनगढीको मेयर पद लिनेछ भने जितपुर सिमरा, घोराही र हेटौंडाको उपमेयर पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?