+
+

संसदीय समिति गठन नै नगरी कांग्रेसमा टिकट वितरणको तयारी !

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ९ गते १३:१६

९ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले उम्मेदवारको छनोट गर्ने संसदीय समिति गठन नै नगरी टिकट वितरण गर्ने तयारी गरेको छ ।

विधान अनुसार महानगरको प्रमुख र उप प्रमुखको टिकट वितरण गर्ने अधिकार केन्द्रीय संसदीय समितिलाई हुनेछ । उक्त समिति गठन नै नगरि टिकट वितरण गर्ने तयारी भएको कांग्रेसका केही नेताहरु बताउँछन् । पार्टी प्रवक्ता डा प्रकाश शरण महतकाअनुसार संसदीय समिति गठन हुन नसके केन्द्रीय समितिले टिकट वितरण गर्नेछ ।

पार्टी भित्र टिकट वितरणको अन्य विकल्प पनि रहेको शीर्ष तहका एक नेताले बताए । उनी भन्छन्,‘सभापतिले वर्तमान र पूर्व पदाधिकारीको बैठक डाकेर त्यो बैठकमा शेखर कोइराला आमन्त्रण गर्नसक्नुहुन्छ । त्यही बैठकले पनि टिकट वितरण गर्नसक्छ,’ कांग्रेस विधानमा २५ सदस्यीय संसदीय समिति हुने व्यवस्था छ ।

वर्तमान र पूर्व पदाधिकारीको संख्या २५ जनाको छ । यदि नेता शेखरलाई पनि बोलाएर टिकट वितरण गरियो भने २६ जनाले वितरण गर्नेछन् । शुक्रबार बोलाइएको कार्यसम्पादन समितिको बैठकमा संसदीय समिति गठनका विषयमा पनि छलफल हुने सहमहामन्त्री जीवन परियारले बताए ।

सत्ता गठबन्धनका दलहरुवीच भएको सहमति अनुसार कांग्रेसलाई तीन-तीन जना मेयर र उपमेयरको उम्मेदवार कांग्रेसका हुनेछन् । बुधबार भएको सहमति अनुसार कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको मेयरको उम्मेदवार बनाउनेछ ।

वीरगञ्ज, भरतपुर र पोखराको उपमेयरमा कांग्रेसका उम्मेदवारलाई सत्तागठबन्धनका अन्य दलले सघाउने छन् । सत्ता गठबन्धनका दल वीच भएको सहमति अनुसार कांग्रेसको केन्द्रीय संसदीय समितिले ६ जनाको मात्रै टिकट वितरण गर्ने अवस्था बनेको छ ।

सत्ता गठबन्धनले उपमहानगरमा मेयर÷उप मेयर कहाँ कुन दलका उम्मेदवार हुने टुंगाएको छ । उपमहानगरका मेयर तथा उपमेयरलाई टिकट वितरण गर्ने अधिकार भने केन्द्रीय संसदीय समितिलाई हुँदैन । कांग्रेसको प्रदेश संसदीय समितिले नगरपालिका र उप महानगरको टिकट वितरण गर्ने विधानको व्यवस्था छ । तर,कांग्रेसमा तल्लो तहमा पनि केन्द्रले हस्तक्षेप गर्दै आएको गुनासो आइरहेको हुन्छ ।

सत्ता गठबन्धनको निर्णय अनुसार धरान, इटहरी, कलैया, बुटबल, तुलसीपुर, नेपालगञ्ज र धनगढी महानगरमा कांग्रेसका मेयर उम्मेदवार हुनेछन् । उपमेयरमा भने कांग्रेसले ४ वटा उपमहानगरपालिकामा भाग पाएको छ । जितपुर सिमरा, घोराही, जनकपुर र हेटौंडा उपमहानगरमा कांग्रेसका उपमेयरका उम्मेदवार हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?